17.1 C
Kathmandu
Friday, March 22, 2024
spot_img

मतदानका लागि नाम दर्ता गराउने बढ्दै

निर्वाचन आयोगले मतदाता नामावली अद्यावधिक गर्न थालेपछि महोत्तरीका सम्बद्ध कार्यालयमा भीड बढेको छ । जिल्लाका जिल्ला निर्वाचन कार्यालय, जिल्ला प्रशासन कार्याललय र तीनवटा इलाका प्रशासन कार्यालयमा अहिले मतदाता नामावलीमा नाम दर्ता गराउने सेवाग्राहीको चाप निकै बढेको हो । कार्यालयको धेरैजसो जनशक्ति अहिले मतदाता नामावली अद्यावधिक गर्ने कार्यमा लगाउनु परेको सम्बद्ध कार्यालयले जनाएका छन् । “अहिले मतदाता नामावलीमा नाम दर्ता गराउनका लागि फोटो खिच्न आउने सेवाग्राही निकै बढेका छन््”, सहायक प्रमुख जिल्ला अधिकारी उपेन्द्र न्यौपाने भन्न्नुहुन्छ , “यस कार्यका लागि छुट्याइएको जनशक्ति अपूग हुँदोछ ।” जिल्ला प्रशासन कार्यालय र आफ्ना मातहतका इलाका प्रशासन कार्यालयहरुमा अहिले सबैभन्दा बढी मतदाता नामावलीमा नाम दर्ता गराउन फोटो खिच्न आउने सेवाग्राही रहने गरेका उहाँको भनाइ छ ।

जिल्ला प्रशासन कार्यालय, जिल्ला निर्वाचन कार्यालय र तीन ठाउँ अवस्थित इलाका प्रशासन कार्यालयले मतदाता नामावली अद्यावधिक गर्दैछन् । जिल्लाको सुदूर उत्तरवर्ती बर्दिवासस्थित इलाका प्रशासन कार्यालयले मतदाता नामावलीमा नाम दर्ता गर्न आउने सेवाग्राहीको काम सक्न भ्याइनभ्याइ पर्ने गरेको जनाएको छ । “दिनदिनै कार्यालय खुल्नुअगावै फोटो खिच्न आउनेको लाम लाग्छ, मतदाता नामावलीमा नाम दर्ता गराउन आउनेको भीडले अन्य काम प्रयोजनले आउने सेवाग्राहीको काम समयमा सक्न धौधौ पर्छ”, बर्दिवास इलाका प्रशासन कार्यालयका प्रमुख सन्देश अधिकारी भन्नुहुन्छ, “अब यो कामका लागि अतिरिक्त जनशक्ति थप्नुपर्ने देखिन्छ ।” जिल्लाको गौशाला र रामगाोपालपुरस्थित इलाका प्रशासन कार्यालयमा पनि फोटो खिचाउन आउने निकै बढेका छन् ।

निर्वाचन आयोगले यही असार १ गतेदेखि मतदाता नामावली अद्यावधिक गर्ने कार्य थालेपछि यो कामसम्बद्ध कार्यालयमा सेवाग्राहीको चाप बढेको हो । भर्खरै स्थानीयतहकोे निर्वाचन सम्पन्न भएको हुँदा त्यसमा मतदान गर्न नपाएकाहरु नाम दर्ता गराउन आउने गरेका छन् । अब लगत्तै प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचन हुने हुँदा राजनीतिक दल र सामाजिक अगुवाले नाम दर्ता गराउन सर्वसाधारणलाई उत्प्रेरित गरेकाले अहिले यस कामको चाप बढेको जिल्ला निर्वाचन कार्यालयका जिल्ला निर्वाचन अधिकारी सुबोधकुमार महतो बताउनुहुन्छ । जिल्लाका पाँच ठाउँमा जारी अद्यावधिक कार्यमा फोटो खिचाउनेको सङ्ख्या असार पाँच दिन यता दिनहुँ १०० नाघेका छन् ।

आयोगले आगामी प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनको आन्तरिक तयारीस्वरुप मतदाता नामावली अद्यावधिक कार्य थालेको हो । सरकारले निर्वाचन मिति घोषणा नगरेसम्म यो कार्य जारी रहने आयोगले जनाएको छ । त्यो मिति घोषणा नगरिञ्जेल नामावली अद्यावधिक जारी रहने उहाँको भनाइ छ ।अहिले मुलुकका सबै निर्वाचन कार्यालय र सबै जिल्ला प्रशासन कार्यालय तथा ७३ वटा इलाका प्रशासन कार्यालयबाट मतदाता नामावली सङ्कलन र अद्यावधिक गर्ने कार्यक्रम सुरु गरिएको निर्वाचन आयोगले जनाएको छ । यस क्रममा नाम, थर, वतन फरक उल्लेख भएकाले सो सच्याउन र नाम छुटेकाले आवश्यक कागजात देखाएर नाम समावेश गर्न पाउने व्यवस्था रहेको छ । जहाँको स्थायी बसोबासी भए पनि मुलुकभरिका जुनसुकै ठाउँका आयोगसम्बद्ध कार्यालयमा नाम दर्ता गराउन पाइने व्यवस्था छ ।

Related Articles

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

Stay Connected

0FansLike
3,912FollowersFollow
21,600SubscribersSubscribe
- Advertisement -spot_img

Latest Articles