22.1 C
Kathmandu
Friday, March 29, 2024
spot_img

२५ लाखको अक्षयकोष स्थापना

अर्थ मन्त्रालयका सचिव कृष्णहरि पुष्करले आपूmले औपचारिक शिक्षा प्रारम्भ गरेको विद्यालयमा २५ लाखको विद्यार्थी कल्याण अक्षय कोष स्थापना गर्नुभएको छ ।

आफ्नो पैतृक थलो महोत्तरीको जलेश्वर नगरपालिका–४ सुगाभवानीपट्टीस्थित श्री शुकदेव माध्यमिक प्राविधिक विद्यालयलाई सचिव पुष्करले रु २५ लाख रकमको अक्षयकोष रकम बिहीबार हस्तान्तरण गर्नुभएको हो ।

अक्षयकोषको रकमको ब्याजबाट सुगाभवानीपट्टी बस्तीका दलित, असहाय तथा जेहेन्दार विद्यार्थीलाई छात्रवृत्ति प्रदान गरिने उद्देश्य छ । सचिव पुष्करले कोषबापतको रु २५ लाखको चेक विद्यालयका प्रधानाध्यापक कृष्णचन्द्र चौधरीलाई हस्तान्तरण गर्नुभएको हो ।

स्थापित कोषको रकम बढाउँदै लगेर केही वर्षभित्रै रु एक करोड पु¥याइने पुष्करको भनाइ छ । “अहिले रु २५ लाखबाट कोष स्थापना भयो”, पुष्करले भन्नुभयो, “अब कोषमा क्रमशः रकम थप्दै केही वर्षभित्रै रु एक करोड पु¥याइनेछ ।” अर्थाभावले कोही शिक्षाबाट वञ्चित नहोउन् भन्ने आफ्नो ध्येय रहेको पुष्करको भनाइ छ ।

कोष रकम हस्तान्तरण समारोहमा जलेश्वर नगरपालिकाका प्रमुख सुरेश साह सोनार, जलेश्वर–४ का वडाध्यक्ष हरिश्चन्द्र महतोसहित सुगाभवानीपट्टी बस्तीका सर्वसाधारणले पुष्करलाई पूmलमाला र अबिर लगाइ सम्मान गरेका छन् । पुष्करको आफ्नो ठाउँ र आफूले प्रारम्भिक शिक्षा लिएको विद्यालयप्रतिको स्नेह र लगाव प्रशंसनीय रहेको नगरप्रमुख सोनारले बताउनुभयो ।

सो अवसरमा पुष्करलाई दोसल्ला ओढाइ सम्मान गरिएको थियो । सुगाभवानीपट्टी बस्तीमा जन्मनुभएका पुष्करले प्रारम्भिक शिक्षा सोही बस्तीको शुकदेव माध्यमिक विद्यालयमा प्राप्त गर्नुभएको हो । श्रीमद्भागवतका प्रथम वाचक विश्वास गरिने महामुनि शुकदेव स्वामीका नाउँमा स्थापित आफू पढेको विद्यालयलाई निरन्तर सहयोग गरी रहने सचिव पुष्करले प्रतिबद्धता जनाउनुभएको छ ।

Related Articles

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

Stay Connected

0FansLike
3,912FollowersFollow
21,600SubscribersSubscribe
- Advertisement -spot_img

Latest Articles