21.1 C
Kathmandu
Thursday, June 1, 2023
spot_img

‘बिहे पास’ बैशाख १ गते जन्ती जाने दिन: विभिन्न हलमा प्रदर्शन हुँदै

नेपाली चलचित्र ‘बिहे पास’को ट्रेलर आज सार्वजानिक भएको छ। नयाँ वर्ष २०८० लाई लक्षित गरि बैशाख एक गते देशका विभिन्न सिनेमा हलामा एकैसाथ प्रदर्शन हुँदै छ।

दयाहाङ राई र प्रकृति श्रेष्ठको शीर्ष भूमिका रहेको उक्त चलचित्र एक सामाजिक नाटक समेटेर तयार पारिएको छ। सोहि चलचित्रले पछिल्लो नेपाली समाजमा विवाह परम्परा तथा संस्कारलाई सजिलो बुझ्ने शैलीमा चित्रण गर्दछ।

रिलिज भएको ट्रेलर हेर्दा विवाह गर्न सरकारी जागिर खानैपर्ने प्रवृत्तिलाई दर्शाएको देखिन्छ। मुख्य पात्रमा अभिनय गरेका दयाहाङ राईको सोहि चलचित्रमा विवाह गर्नैको लागि लोकसेवाको परीक्षा दिएर सरकारी सेवामा नाम निकाल्न संघर्ष गरिएको देखाइएको छ। जसमा दयाहाङ र प्रकृतिले दम्पतीको भूमिका निर्वाह गरेका छन् ।

यस्तैगरि प्रवेश पौडेलको निर्देशन र रोजन श्रेष्ठको निर्माण रहेको सोहि चलचित्रमा शिशिर बाङदेल, बुद्धि तामाङ र रविन्द्र झाको समेत महत्वपूर्ण भूमिका रहेको छ।

Related Articles

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

Stay Connected

0FansLike
3,790FollowersFollow
20,800SubscribersSubscribe
- Advertisement -spot_img

Latest Articles