21.1 C
Kathmandu
Thursday, June 1, 2023
spot_img

बिजुलीको पोलमा मोटरसाइकल ठोक्किँदा एक जनाको मृत्यु, एक घाइते

बारामा मोटरसाइकल दुर्घटना हुँदा चालक दलको मृत्यु भएको छ। बाराको निजगढ नगरपालिका १३ मा बेलुकी मोटरसाइकल दुर्घटना हुँदा मृत्यु भएको प्रहरीले जनाएको छ।

मृत्यु हुनेमा निजगढ नगरपालिका १३ वेशीगाउँका १८ वर्षीय दिपक बिक रहेका छन् । ना २३ प ६२७७ नम्बरको मोटरसाइकल हिजो बेलुकी सवा ७ बजे अनियन्त्रित भई बिजुलीको पोलमा ठोकिएको थियो। उक्त दुर्घटनाबाट गम्भीर घाइते भएका बिकको उपचारको क्रममा रतनपुर स्थित एम्स अस्पतालमा गएराती साढे १ बजे मृत्यु भएको हो ।

यस्तै घाइते भएका मोटरसाइकलमा पछाडी सवार सोही ठाँउका ३० वर्षीय चन्द्र बहादुर बल र १७ वर्षीय निभराज मोक्तानको सोही अस्पतालमै उपचार भइरहेको छ ।

Related Articles

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

Stay Connected

0FansLike
3,790FollowersFollow
20,800SubscribersSubscribe
- Advertisement -spot_img

Latest Articles