15.1 C
Kathmandu
Tuesday, March 26, 2024
spot_img

प्राविधिक टोली -हवाइ रूटबारे छलफल गर्न, भारत प्रस्थान गरे

नयाँ हवाई, प्रवेश बिन्दु र क्रस बोर्डर उडानमा देखिएको समस्या समाधानका खोज्दै दुई पक्षीय वार्ताका लागि प्राविधिक टोली भारत प्रस्थान गरेको छ।

संस्कृती, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयका सहसचिव तथा हवाइ उद्योग महाशाखाका प्रमुख बुद्धिसागर लामिछानेको नेतृत्वमा प्राविधिक टोली भारतीय नागरिक उड्डयन प्राधिकरण पुगेको हो। टोलीले हवाइ प्रवेश बिन्दुलगायत क्रस बोर्डर उडानमा देखिएको समस्या समाधानको विषय पहिलो प्राथमिकतामा रहेको पर्यटन सचिव सुरेश अधिकारीले बताए।

क्रस बोर्डर उडानमा देखिएको समस्याको विषयमा समाधान खोज्न भ्रमण अगाडि नै वार्ताका लागि प्राविधिक टोलीसमेत गठन भएको थियो। सोही टोलीले भारतीय पक्षसँग छलफल गर्ने गएको हो। नेपालको तर्फबाट प्राविधिक टोलीको नेतृत्व पर्यटन मन्त्रालय सहसचिव बुद्धिसार लामिछानेले गरेका छन्। टोलीमा प्राधिकरणका महानिर्देशक इन्जिनियर प्रदीप अधिकारीसमेत रहेका छन्। सचिव अधिकारीकाअनुसार वार्ता आज बुधबार नै हुने तालिका रहेको छ।

उनकाअनुसार नयाँ हवाइ प्रवेश बिन्दु र गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थलको आएलएस उडान तथा अवतरण कार्यविधिमा भारतीय पक्षको स्वीकृतिका लागि प्रमुख प्राथमिकतामा राखेर छलफल हुनेछ।

Related Articles

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

Stay Connected

0FansLike
3,912FollowersFollow
21,600SubscribersSubscribe
- Advertisement -spot_img

Latest Articles