22.1 C
Kathmandu
Monday, April 15, 2024
spot_img

सेमिफाइन पुगेको नेपाल भारतसँग पराजित- काभा महिला भलिबल

काठमाडौं, काभा महिला भलिबल च्यालेन्ज कप अन्तर्गत समूह चरणको अन्तिम खेलमा नेपाल भारतसँग पराजित भएको छ । यसअघि लागतार दुई खेल जितेर सेमिफाइनल पुगेको नेपाल भारतसँग भने पराजित भएको हो ।

आज दिउँसो ३ बजेबाट त्रिपुरेश्वरको कभर्डहलमा भएको खेलमा पहिलो दुई सेट पराजित भएपनि तेस्रो सेट नेपालले जितेको थियो । तर, अन्तिम सेटमा समेत पराजित भएपछि समग्र ३–१ सेटले नेपाल पराजित बनेको हो ।
हालसम्म नेपालले भारलाई हराउन सकेको छैन ।

सन् २०१९ मा घरेलु मैदानमै सम्पन्न भएको १३औं दक्षिण एसियाली खेलकुद साग को फाइनलमा समेत नेपाल भारतसँग पराजित बनेको थियो ।

प्रतियोगिताको समूह ‘ए’मा रहेको नेपाल भारतसँग पराजित भएपनि सेमिफाइनल पुगिसकेको छ ।

Related Articles

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

Stay Connected

0FansLike
3,912FollowersFollow
21,600SubscribersSubscribe
- Advertisement -spot_img

Latest Articles