बैतडीमा जिप दुर्घटना, दुईको मृत्यु, चार घाइते


काठमाडौँ  – बैतडी जिल्लाको सिगास गाउँपालिका–१ माडौँमा आज बिहान जिप दुर्घटना हुँदा दुईजनाको मृत्यु भएको छ भने चारजना घाइते भएका छन्।

दुर्घटनामा १४ वर्षीया जयन्ती धामी र १९ वर्षीया पार्वती धामीको ज्यान गएको छ। जयन्तीको घटनास्थलमै मृत्यु भएको थियो भने पार्वतीको उपचारका क्रममा मृत्यु भएको हो।

दुर्घटनामा ४० वर्षीया तुलसी धामी, १६ वर्षीया नीरा धामी, १८ वर्षीया कमला धामी र १४ वर्षीया धौली धामी घाइते भएका छन्। उनीहरूको डडेल्धुरा अस्पतालमा उपचार भइरहेको छ।

जिपका चालक भने दुर्घटनापछि फरार भएका छन्। दुर्घटनाको कारण पत्ता लगाउन प्रहरीले अनुसन्धान जारी राखेको छ भने फरार चालकको खोजीकार्य पनि भइरहेको छ।

घटनास्थलमा प्रहरी टोली खटिएको र घटनाबारे थप विवरण संकलन भइरहेको छ।

प्रकाशित मिति : २०८१ माघ १२ गते शनिवार