• २०८२ फाल्गुन १४ गते बिहिवार
  • Preeti To Unicode

धुलिखेलमा बस दुर्घटना: चालक-सहचालक गम्भीर, १७ यात्रु घाइते


काठमाडौँ  – धुलिखेल नगरपालिका–१०, सारादा बतासेस्थित बीपी राजमार्गमा मंगलबार बिहान बस दुर्घटना हुँदा १७ जना घाइते भएका छन्। काठमाडौँबाट रामेछाप हुँदै ओखलढुंगाको पोकली जाँदै गरेको बागमती प्रदेश-३-०१-००५ ख ९९४२ नम्बरको बस अनियन्त्रित भई सडकको नालीमा पल्टिएको हो।

दुर्घटनामा बसका चालक र सहचालक गम्भीर घाइते भएका छन् भने अन्य १५ यात्रु सामान्य घाइते भएका छन्। घाइते सबैलाई उपचारका लागि धुलिखेल अस्पताल पठाइएको छ।

दुर्घटना बिहान ८:२० बजे भएको हो। बस घटनास्थलमै रोकिएकाले बीपी राजमार्ग एकतर्फी रूपमा सञ्चालन गरिएको छ।

अस्थायी ट्राफिक प्रहरी पोष्ट काभ्रेभञ्ज्याङका सहायक हवलदार रुद्र लामिछानेका अनुसार बस तीव्र गतिमा रहेको हुन सक्ने प्रारम्भिक अनुसन्धानले देखाएको छ। दुर्घटनाको विस्तृत अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

प्रकाशित मिति : २०८१ फाल्गुन १३ गते मङ्गलवार