• २०८१ मङ्सिर २१ गते शुक्रवार
  • Preeti To Unicode

हिजबुल्लाहद्वारा इजरायलमा सबैभन्दा ठूलो आक्रमण, २५० मिसाइल प्रहार


काठमाडौं । इजरायल र लेबनानको हिजबुल्लाहबीच युद्धविराम भएपछि पनि हिजबुल्लाहले इजरायलमा २५० भन्दा बढी मिसाइल र ड्रोन आक्रमण गरेको छ। आइतबार हिजबुल्लाहले इजरायलमा २५० भन्दा बढी ड्रोन आक्रमण गरेको टाइम्स अफ इजरायलले जनाएको छ। यो अक्टोबर ७, २०२३ पछि १३ महिनामा इजरायलमा भएको अहिलेसम्मको सबैभन्दा ठूलो आक्रमण हो। यति मात्र होइन, पहिलो पटक हिजबुल्लाहले इजरायलको राजधानी तेल अवीवमा रहेको इजरायली गुप्तचर अड्डाहरूलाई पनि निशाना बनाएको थियो।

इजरायली पुलिसका अनुसार आक्रमणहरू तेल अवीवको पूर्वी भाग पेटाह टिक्वामा भएको थियो। यसमा धेरैलाई सामान्य चोटपटक लागेको छ। हिजबुल्लाहले तेल अवीव र नजिकैका दुईवटा सैन्य आधारमा मिसाइल प्रहार गरेको बताएको छ।

हिजबुल्लाहका प्रवक्ता मोहम्मद अफिफसहित ६३ जनाभन्दा बढीको मृत्यु हुने गरी इजरायलले गरेको आक्रमणको प्रतिक्रियाको रूपमा हिजबुल्लाहले यो आक्रमणलाई लिएको छ। बेरुतमा शनिबार इजरायली आक्रमणमा २९ लेबनानी मारिनुका साथै ६५ भन्दा बढी घाइते भएका थिए।

हिजबुल्लाहको आक्रमणका कारण इजरायली ट्याङ्कहरू र सैनिकहरू दक्षिणी लेबनानको अल–बायदा क्षेत्रको रणनीतिक पहाडबाट पछि हट्न बाध्य भएको समाचारमा उल्लेख छ। एन्टि–ट्याङ्क मिसाइलहरूले आक्रमण गरेको हिजबुल्लाहले हाइफा सहर नजिक रहेको इजरायली सैन्य अखडालाई पनि निशाना बनाएको थियो। हिजबुल्लाहले हाइफाको उत्तरमा रहेको ज्वालुन मिलिटरी इन्डस्ट्रिज बेसमा पनि मिसाइल प्रहार गरेको जनाएको छ।

प्रकाशित मिति : २०८१ मङ्सिर १० गते सोमवार