23.1 C
Kathmandu
Friday, March 29, 2024
spot_img

वडा कार्यालय भवन बनाउन जग्गादान

गौशाला नगरपालिका–१२ लक्ष्मीनियाका राजकुमार महतोले वडा कार्यालय भवन निर्माणका लागि दुई कठ्ठा जग्गा उपलब्ध गराउनुभएको छ । सो जग्गाको मूल्य २५ लाख बराबरको भएको जनाइएको छ ।

गौशाला नगर प्रमुख डा दिपेन्द्र महतोले जग्गा प्राप्तिपछि वडा कार्यालयको भवन निर्माणको काम थालिने जानकारी दिनुभयो । वडाका सबै बस्तीको पायक पर्नेगरी जग्गा उपलब्ध भएको गौशाला–१२ का वडाध्यक्ष कुशेश्वरसिंह कुशवाहाले जानकारी दिनुभयो ।

“गौशाला–१२ मा सार्वजनिक हितका लागि जग्गाधनीले देखाउनुभएको चासोले वडावासी सबै उत्साहित छौँ” उहाँले भन्नुभयो, “अब कार्यालय भवन निर्माणको प्रक्रिया तत्काल थालिने छ ।” यसअघि लक्ष्मीनियाकै इमलीबजारमा स्वास्थ्यचौकी भवनका लागि स्थानीयवासी रामा महतोले तीन कठ्ठा जग्गा दिनुभएको थियो । सो ठाउँमा हाल सुविधासम्पन्न स्वास्थ्यचौकी भवन निर्माण भएर सेवा सञ्चालनमा छ ।

Related Articles

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

Stay Connected

0FansLike
3,912FollowersFollow
21,600SubscribersSubscribe
- Advertisement -spot_img

Latest Articles