28.2 C
Kathmandu
Tuesday, September 26, 2023
spot_img

बस्ती–बस्तीबाट वडावासीलाई सेवा

गत वैशाख ३० गते सम्पन्न स्थानीय तहको निर्वाचनबाट म्याग्दीमा निर्वाचित भएका जनप्रतिनिधिले पदभार ग्रहण गर्नेक्रममा निकै लोकप्रिय र जनमुखी कार्यक्रमको घोषणा गरेका छन् । वडावासीको सुविधाका लागि जनप्रतिनिधिले बस्ती–बस्तीमा पुगेर सेवा प्रदान गर्ने, ज्येष्ठ नागरिक र विपन्नलाई उनीहरुको घरदैलोमा नै पुगेर निःशुल्क स्वास्थ्य बीमा गरिदिने, युवालाई गाउँमा नै रोजगारी दिने लगायतका घोषणा गरेका हुन् ।

यसैक्रममा रघुगङ्गा गाउँपालिका–६ पाखापानी र बेनी नगरपालिका–२ ज्यामरुककोटले वडा कार्यालयका सेवा बस्ती–बस्तीबाट सञ्चालन गर्ने घोषणा गरेको छ । पाखापानीका नवनिर्वाचित वडाध्यक्ष मनकुमार शेरपुञ्जाले पदभारग्रहण गदैं वडाका आठ वटै बस्तीमा पुगेर जनताको घरदैलोबाट नै अति आवश्यकीय सेवा प्रदान गर्ने प्रतिबद्धता जनाउनुभएको हो । त्यसैगरी उहाँले वडाका सम्पूर्ण बस्तीमा इन्टरनेटको सुविधा विस्तार गरी अनलाइन प्रविधिबाट प्रशासनिक सेवा दिने बताउनुभयो । पदभार ग्रहणसँगै बसेको वडासमितिको बैठकले विभिन्न छ निर्णयसमेत गरिएको छ ।

वडाबाट ज्येष्ठ नागरिकलाई स्वास्थ्य सेवामा सहज हुने गरी मासिक रुपमा स्वास्थ्य चौकीसँग समन्वय गरी टोलमा पुगेर सेवा दिने, टोल विकास समिति गठन, हरेक विद्यालयमा रहेको बाल विकास केन्द्रको स्थापना तथा भएकालाई नियमित सहयोग गरिने अध्यक्ष शेरपुञ्जाले बताउनुभयो । दोस्रो कार्यकालका लागि निर्वाचित भएका शेरपुञ्जाले अब अघिल्लो कार्यकालयमा अपुरा रहेका योजनासहित हरेक घरधुरीमा सेवा पुग्ने गरी काम गर्ने वडा समितिको पहिलो बैठकले समेत निर्णय गरिएको बताउनुभयो ।

वडाभित्रका अति विकट बस्तीमा रहेको समस्या समाधानसहित आवश्यकताअनुसार घुम्ती शिक्षा, स्वास्थ्य लगायतका अभियानलाई समेत तीव्रता दिने जनाइएको छ । यसैगरी बेनी नगरपालिकाका नवनिर्वाचित प्रमुख सुरत केसीले पनि सेवा प्रवाहलाई चुस्तदुरुस्त र जनमुखी बनाइने बताउनुभयो । नगरपालिकाका दशवटै वडाका वडाअध्यक्षलाई वडाका बस्ती–बस्तीमा पुगेर सेवा प्रवाह गर्न निर्देशन दिइएको उहाँको भनाइ छ ।

त्यसैगरी नगरका अति विपन्न र ज्येष्ठ नागरिकलाई निःशुल्क स्वास्थ्य बीमा, युवालाई रोजगारी र आयआर्जन वृद्धिका कार्यक्रम सुरु गरिने उहाँले बताउनुभयो । बेनी–२ का वडाध्यक्ष यामबहादुर कार्कीले आफू अति आवश्यक काम बाहेक वडा कार्यालयमा नबस्ने, वडाका बस्ती बस्तीमा पुगेर जनतालाई सेवा दिने, सामान्य कामका लागि जनताले वडा कार्यालयमा आउन नपर्ने व्यवस्था गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो ।

Related Articles

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

Stay Connected

0FansLike
3,871FollowersFollow
21,200SubscribersSubscribe
- Advertisement -spot_img

Latest Articles