20.5 C
Kathmandu
Saturday, September 23, 2023
spot_img

लालबन्दीबाट दुई अर्बको तरकारी निकासी

लालबन्दीमा रहेको कृषि थोक बजार व्यवस्थापन समितिले आर्थिक वर्ष २०७८÷७९ मा रु दुई अर्ब ४५ करोड २४ लाख ७१ हजार ९३० को तरकारी निकासी गरेको छ ।

लालबन्दी नगरपालिका–७ मा रहेको कृषि थोक बजार व्यवस्थापन समितिले विसं २०७८ साउन १ देखि विसं २०७९ को असार मसान्तसम्ममा छ करोड एक लाख ६३ हजार २५० किलो तरकारी निकासी गर्दा रु दुई अर्ब ४५ करोड २४ लाख ७१ हजार ९३० को रकम सङ्कलन गरेको हो ।

साथै आव २०७८÷७९ को अन्तिम महिना असारमा ५५ लाख ५० हजार २०० किलो तरकारी निकासी गर्दा रु २० करोड २३ लाख १७ हजार ५०० बराबरको तरकारी निकासी गरिएको बजार व्यवस्थापन समितिका व्यवस्थापक शम्भु घिमिरेले जानकारी दिनुभयो ।

आव २०७८÷७९ को पहिलो महिना साउनमा ५५ लाख ५० हजार २०० किलो तरकरीबाट रु १९ करोड ६४ लाख ७४ हजार २५०, भदौमा ५४ लाख ४० हजार ८०० किलोको रु २४ करोड तीन लाख ६१ हजार २५०, असोजमा २७ लाख १८ हजार ४०० किलोको रु १० करोड ६७ लाख २२ हजार ४५०, कात्तिकमा १५ लाख ४७ हजार नौ किलोको रु आठ करोड ६५ लाख ५५ हजार २५०, मङ्सिरमा ४७ लाख २१ हजार ९५० किलोको रु २५ करोड १२ लाख ३३ हजार ५०० पुसमा ६७ लाख पाँच हजार ५५० किलोको रु २८ करोड चार लाख ९७ हजार २०० रकम प्राप्त भएको छ ।

यस्तै माघमा आठ करोड ५९ लाख सात हजार ३० किलोको रु ३० करोड ८५ लाख ८५ हजार ६२५, फागुनमा ८१ लाख २५ हजार २०० किलोको रु ३४ करोड ५८ लाख ३१ हजार ७५, चैतमा ३७ लाख ६५ हजार १०० किलोको रु १३ करोड ८६ लाख एक हजार, वैशाखमा ३८ लाख ४० हजार ३०० किलोको रु १८ करोड ९९ लाख ४० हजार ६३० र जेठमा ४४ लाख आठ हजार ३०० किलोको रु १० करोड ५३ लाख ५२ हजार २०० बराबरको तरकारी निकासी भएको कृषि थोक बजार व्यवस्थापन समितिले जनाएको छ ।

जिल्लाको लालबन्दी, हरिवन, हरिपुर र ईश्वरपुर नगरपालिका क्षेत्रमा किसानले उत्पादन गरेका गोलभेडा, परबल, बोडी, सिमी, भण्टा, करेलालगायतका तरकारी उक्त बजारमा आउने गरेको छ । देशका सिन्धुली, रामेछाप, काठमाडौँ, पोखरा, बुटवल, भैरहवा, नारायणगढ, नेपालगञ्ज, हेटौँडा, वीरगञ्ज, गौर, जनकपुर, सिरहा, विराटनगर, इटहरीका साथै छिमेकी देश भारतको सोनवर्षा तथा सीतामाडीलगायतका स्थानमा लालबन्दीबाट तरकारी निकासी हुने गरेको तरकारी थोक बजार व्यवस्थापन समितिका अध्यक्ष तोरणबहादुर मगरले जानकारी
दिनुभयो ।

त्यसमध्ये गोभेडा ५० प्रतिशत, परबल २५ प्रतिशत, बोडी १० प्रतिशत, सिमी १० प्रतिशत र अन्य तरकारी पाँच प्रतिशत गरी कूल छ करोड एक लाख ६३ हजार २५० किलोको रु दुई अर्ब ४५ करोड २४ लाख ७१ हजार ९३० को तरकारी लालबन्दीबाट निकासी भएको हो ।

Related Articles

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

Stay Connected

0FansLike
3,869FollowersFollow
21,200SubscribersSubscribe
- Advertisement -spot_img

Latest Articles