• २०८२ फाल्गुन २८ गते बिहिवार
  • Preeti To Unicode

इटहरी सेन्टर प्लाजामा भीषण आगलागी, दमकल परिचालन गरी नियन्त्रण


काठमाडौँ – इटहरीको मुख्य चोकस्थित सेन्टर प्लाजामा बुधबार बिहान भीषण आगलागी भएको छ। बिहान करिब ९:३० बजे होटलको बरन्डाबाट आगो लाग्न सुरु भएको प्रारम्भिक अनुमान गरिएको छ।

आगलागी नियन्त्रणका लागि इटहरी उपमहानगरपालिकाका दुई दमकल परिचालन गरिएको थियो। सुरक्षाकर्मी र दमकल टोलीको संयुक्त प्रयासपछि केही समयमै आगो नियन्त्रणमा ल्याइएको इटहरी प्रहरी स्रोतले जनाएको छ।

हालसम्म आगलागीको कारण खुलेको छैन। आगलागीबाट भएको क्षतिको विवरण आउन बाँकी रहेकोले प्रहरीले थप अनुसन्धान जारी राखेको छ।

यस घटनासम्बन्धी थप विवरण आउन बाँकी छ, समयसमयमा अपडेट दिइनेछ।

प्रकाशित मिति : २०८१ चैत्र १२ गते बुधवार