काठमाण्डौं – प्रतिपक्षी दलहरूले कुलमान घिसिङलाई पदबाट हटाउने सरकारको निर्णयको संसदमा विरोध गर्ने घोषणा गरेका छन्। आज बिहान सिंहदरबारस्थित माओवादी केन्द्रको संसदीय दलको कार्यालयमा बसेको संयुक्त बैठकमा यस विषयमा विचार विमर्श गरियो।
रास्वपाका नेता सन्तोष परियारले सरकारको निर्णयलाई विधि प्रक्रिया मिचेर गरिएको र संख्याको दम्भको आधारमा कुलमान घिसिङलाई पदबाट हटाइएको प्रतिक्रिया दिएका छन्। उनका अनुसार, सरकारको यो कदम अनौचित्यपूर्ण र गलत छ।
यसअघि, सरकारले कुलमान घिसिङको कार्य सम्पादन राम्रो नभएको भन्दै उनलाई चैत ११ गतेको मन्त्रिपरिषद बैठकमा पदबाट हटाउने निर्णय गरेको थियो। उनको स्थानमा हितेन्द्रदेव शाक्यलाई विद्युत् प्राधिकरणको कार्यकारी निर्देशकको रूपमा नियुक्त गरिएको छ।
विपक्षी दलहरूले सरकारको निर्णयलाई गलत मान्दै अब सदनको आन्तरिक प्रक्रिया र सडकमा विरोध गर्ने तयारी गरेका छन्।