• २०८२ कार्तिक ४ गते सोमवार
  • Preeti To Unicode

भन्सार प्रमुख कुटपिट प्रकरणमा नगर प्रहरी निरीक्षकसहित ४ जना पक्राउ


काठमाडौँ – कैलाली भन्सार कार्यालयका प्रमुख अनन्त तिमिल्सिनालाई कुटपिट गरेको आरोपमा धनगढी उपमहानगरपालिकाका नगर प्रहरी निरीक्षक लक्ष्मणसिंह धामीसहित चार जनालाई पक्राउ गरिएको छ।

शनिबार राति घटना भएको थियो। भन्सार प्रमुख तिमिल्सिनाले दिएको अभद्र व्यवहारसम्बन्धी किटानी जाहेरीका आधारमा प्रहरीले सोमबार बिहान लक्ष्मणसिंह धामी, सवारी चालक हसनबहादुर मल्ल, नगर प्रहरी जवान जितेन्द्रसिंह धामी र नगर प्रहरी हवल्दार मणिदत्त भट्टलाई पक्राउ गरी हिरासतमा राखेको छ। प्रहरीले सीसीटीभी फुटेजबाट पनि घटनाको पुष्टि गरेको छ।

धनगढी उपमहानगरपालिकाले लक्ष्मणसिंह धामीलाई २४ घण्टे स्पष्टीकरण माग गरी कारबाही प्रक्रिया अघि बढाएको छ भने कर्मचारी संगठनहरूले समेत कारबाहीको माग गर्दै विरोध जनाएका छन्।

जिल्ला प्रहरी कार्यालय कैलालीका प्रवक्ता डीएसपी राजकुमार सिंहले थप अनुसन्धान भइरहेको जानकारी दिएका छन्।

प्रकाशित मिति : २०८२ जेष्ठ १३ गते सोमवार