काठमाडौँ – प्रिमियर लिगको अन्तिम खेलपछि म्यानचेष्टर सिटी, चेल्सी, र न्युकासल युनाइटेडले अर्को सिजनका लागि युरोपियन च्याम्पियन्स लिगमा स्थान सुरक्षित गरेका छन्। साथै, लिभरपुल र आर्सनलले पनि आफ्नो स्थान पक्का गरेका छन्।
म्यानचेष्टर सिटीले फुलहमलाई २–० ले हराउँदै तेस्रो स्थानमा (७१ अंक) रहँदा, चेल्सीले नटिङहम फरेस्टलाई १–० ले हराएर चौथो स्थान (६९ अंक) पक्का गरेको छ। न्युकासलले पाँचौं स्थान हासिल गरेर च्याम्पियन्स लिगमा स्थान बनाएको हो।
न्युकासल र एस्टन भिल्ला दुवैले ६६–६६ अंक बटुलेका थिए, तर न्युकासलको गोल अन्तर बढी भएकाले उसले अघि बढ्न सफल भयो। एस्टन भिल्लाले अन्तिम खेलमा म्यानचेष्टर युनाइटेडसँग पराजित हुँदा न्युकासल भाग्यमानी बनेको छ।
लिभरपुलले अन्तिम खेलमा क्रिस्टल प्यालेससँग १–१ को बराबरी खेल्दै प्रिमियर लिगको ट्रफी उचालेको छ भने, आर्सनलले साउथह्याम्पटनलाई २–१ ले हराउँदै दोस्रो स्थान कायम राखेको छ।
यसरी, प्रिमियर लिगबाट शीर्ष पाँच क्लब र युरोपा लिग विजेता टोटनहम गरी कुल ६ क्लबले अर्को सिजन च्याम्पियन्स लिग खेल्ने छन्।