• २०८२ फाल्गुन २१ गते बिहिवार
  • Preeti To Unicode

दयाहाङ राईले साइन् गरे ‘मिरमिरे’ फिल्ममा


काठमाडौँ – प्रख्यात अभिनेता दयाहाङ राईलाई मुख्य भूमिकामा लिएर नयाँ सोसल ड्रामा फिल्म ‘मिरमिरे’ निर्माण हुँदैछ। यो फिल्म निर्देशन र पटकथा दुवै यम शेर्पाले तयार पार्दैछन्, जो अघिल्लो चर्चित फिल्म ‘कार्साङ’ का निर्देशक हुन्।

‘मिरमिरे’ फिल्मको कथावस्तु मनोविज्ञान र ग्रामीण परिवेशमा आधारित छ, जसले नेपाली समाजको गहिरो पक्षलाई उजागर गर्ने अपेक्षा गरिएको छ।

फिल्म २०८२ सालभित्र प्रदर्शनमा आउने तयारीमा छ र यसको प्रस्तुति यार्सा फिल्म्सले गर्नेछ।

निर्माता टोलीमा निमु शेर्पा, छोङ्बा लामा शेर्पा र आङछिरिङ शेर्पा रहेका छन् भने सहनिर्माता गोविन्द बोहरा र ईश्वर श्रेष्ठ रहेका छन्। कार्यकारी निर्माता रोहित कट्टेल हुन्।

अहिलेसम्म अन्य कलाकारहरूको विवरण सार्वजनिक गरिएको छैन तर छिट्टै घोषणा हुने अपेक्षा गरिएको छ।

प्रकाशित मिति : २०८२ जेष्ठ १३ गते सोमवार