काठमाडौं – प्रेमभावले भरिएको नयाँ नेपाली गीत ‘दिल आफ्नै थियो’ सार्वजनिक गरिएको छ। फाक्थुंगलुंग इन्टरटेन्मेन्टको युट्युब च्यानलमार्फत सार्वजनिक गरिएको यस गीतमा अभिनेता प्रतिक्षा काफ्ले र प्रज्वलराज भट्ट को प्रमुख अभिनय रहेको छ।
नारायण थापा र नित्याशिवा को सुमधुर आवाज रहेको गीतमा शंकर अधिकारी घायल को शब्द र विकास चौधरी को संगीत रहेको छ। गीतको मिक्सिङ तथा मास्टरिङ गोविन्द सोनी ले गरेका हुन्।
गीतको म्यूजिक भिडियो प्रकाश धिताल को निर्देशनमा तयार पारिएको हो। भिडियोको छायांकन सुविन गोदार ले गरेका छन् भने सम्पादन राकेश दाहाल को रहेको छ।
गीतले प्रेमको भावनात्मक पक्षलाई प्रभावकारी रूपमा प्रस्तुत गरेको छ र सार्वजनिक भएको छोटो समयमै दर्शकको सकारात्मक प्रतिक्रिया पाइरहेको छ।