• २०८२ फाल्गुन २१ गते बिहिवार
  • Preeti To Unicode

 आज कुन फलफूल तथा तरकारीको मूल्य कति ?


काठमाडौं । फलफूल तथा तरकारी बजार विकास समिति कालीमाटीले मंगलबारका लागि तरकारी तथा फलफूलहरुको मूल्यसूची सार्वजनिक गरेको छ । कालीमाटीमा आज ठूलो भारतीय गोलभेँडा ९०, सानो लोकल गोलभेँडा ७०, रातो आलु ६५, सेतो आलु ५८, लोकल गाँजर १६०, तराईको बन्दा ७०, काउली स्थानिय ९०, रातो मुला ४०, सेतो मुला ३०, लाम्चो भन्टा ७०, तने बोडी १३०, मकै बोडी ६० रुपैयाँ प्रतिकिलो छ ।

त्यसैगरी तितो करेला १००, परबल लोकल ९० ,लौका ७०, घिरौँला ६०, हरियो फर्सी पाकेको ५०,मटरकोशा १३०,राजमा घिउ सिमि १२०, रायोको साग ४०, पालुंगोको साग ९०, कन्य च्याउ १५०, डल्ले च्याउ २३०, बकूला १४०,तरुत ८०,कुरिलो ११०० रुपैयाँ प्रतिकिलो छ । त्यस्तै ,स्याउ फूजी २८०,केरा १५०,अनार ३८०,सुन्तला नेपाली ८०,मौसम १५०,जुनार ३००,निबुवा रुपैयाँ रहेको छ ।

प्रकाशित मिति : २०८१ मङ्सिर ११ गते मङ्गलवार