सुनको भाउमा गिरावट, कति पुग्यो तोलाको ? 


काठमाडौं । आज नेपाली सुनचाँदी बजारमा सुनको भाउमा गिरावट आएको छ। सुनको मूल्य मंगलबार तोलामा २६ सय रुपैयाँ घटेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

यस दिन सुनको मूल्य प्रतितोला एक लाख ४८ हजार ७०० रुपैयाँमा कारोबार भइरहेको छ । सरकारले भन्सार दर घटाएपछि सोमबार १५ हजार ९०० रुपैयाँले घटेको सुनको मूल्यमा आज पनि उच्च गिरावट आएको हो ।

चाँदीको मूल्य तोलामा २५ रुपैयाँ घटेर प्रतितोला एक हजार ८२० रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।

प्रकाशित मिति : २०८१ मङ्सिर ११ गते मङ्गलवार