• २०८२ फाल्गुन २८ गते बिहिवार
  • Preeti To Unicode

रवि लामिछानेसहित सात जनालाई अदालतमा उपस्थित गराइयो


काठमाडौँ- नेपालका पूर्वगृहमन्त्री रवि लामिछानेसहित सात जनालाई अदालतमा उपस्थित गराइएको छ। बयान दिने प्रक्रिया सोमबारबाट सुरु भएको छ।
आरोपित व्यक्तिहरूमा रवि लामिछाने (रास्वपा सभापति), छविलाल जोशी (गोर्खा मिडियाका पूर्वउपाध्यक्ष), रामबहादुर खनाल (नेचर हर्ब्सका सञ्चालक), लिला पछाईं, कृष्ण गुरूङ (पूर्वसञ्चालक समिति सदस्य), आरती गुरूङ (पूर्वकोषाध्यक्ष), र मीना गुरूङ (पूर्वसांसद) रहेका छन्।
यसअघि, छविलाल जोशी र लिलाले बयान दिइसकेका छन्, भने रवि लामिछानेसहित अन्य व्यक्तिहरूको बयान अझै बाकि रहेको छ।
पूर्वकोषाध्यक्ष आरती गुरूङ र पूर्वसांसद मीना गुरूङ मंगलबार पक्राउ गरिएको छ। उनीहरूको अभियोजन आइतबार दर्ता भएको थियो।
बयान प्रक्रिया न्यायाधीश नीतिज राईको इजलासमा जारी रहेको छ।

प्रकाशित मिति : २०८१ पुष ११ गते बिहिवार