• २०८२ फाल्गुन २७ गते बुधवार
  • Preeti To Unicode

प्रधानमन्त्री ओली: भारत भ्रमणबारे धेरै चर्चा गर्नुको आवश्यकता छैन


काठमाडौं, ११ पुस – प्रधानमन्त्री केपी शर्मा ओलीले भारत भ्रमणको निम्तो पाउने प्रकरणमा विशेष ध्यान नदिनुपर्ने बताएका छन्। उनले बुधबार च्यासलमा भएको नेकपा एमालेको सचिवालय बैठकमा भारत भ्रमणको विषयमा आवश्यकता भन्दा बढी चर्चा गर्नुपर्ने कारण नभएको बताएका हुन्।

“निम्तो पठाए गइन्छ, नपठाए गइन्न। यो धेरै चर्चा गरिरहने विषय होइन,” प्रधानमन्त्री ओलीको भनाइ उद्धृत गर्दै एक पदाधिकारीले जानकारी दिएका छन्।

प्रधानमन्त्री ओलीले आफ्नो सरकारको नीतिमा अडिग रहेको र कुनै पनि परिस्थितिमा त्यसमा परिवर्तन नआउने स्पष्ट पारे।

प्रकाशित मिति : २०८१ पुष ११ गते बिहिवार