13.1 C
Kathmandu
Tuesday, November 28, 2023
spot_img

सूर्यविनायकमा आगलागी: पाँचमहिने शिशुको मृत्यु

सूर्यविनायक नगरपालिका–६ पाण्डु बजार घलातेस्थित युनिटी टोलको एक घरमा आगलागी हुँदा पाँचमहिने शिशुको ज्यान गएको छ ।

रामेछाप दोरम्बा गाउँपालिका–१ घर भएकी शर्मिला मोक्तानको कोठामा आगलागी हुँदा मोक्तानकी पाँचमहिने छोरी लासाङ मोक्तानको मृत्यु भएको महानगरीय प्रहरी परिसर भक्तपुरका प्रहरी नायब राजु केसीले जानकारी दिनुभयो ।

आगलागीमा परेर टाउको, अनुहार, तिघ्रा, हात, खुट्टालगायत आधा शरीर जलेकी शिशुको प्रहरीले उद्धार गरी उपचारका लागि भक्तपुरस्थित सिद्धिस्मृति अस्पतालमा लगिएकामा उपचारकै क्रममा ज्यान गएको उहाँले जानकारी दिनुभयो ।

आमाबुबा कोठामा नभएको र पाँचवर्षे दाजु मात्रै कोठामा रहेको बेलामा भएको आगलागीमा कोठामा रहेका सोफा र अन्य सामग्रीसमेत जलेर क्षति पुगेको उहाँले जानकारी दिनुभयो । आगलागी के कारण र केबाट सुरु भयो भन्नेबारेमा खुल्न नसकेको र घटनाको अनुसन्धान भइरहेको उहाँले जानकारी दिनुभयो ।

Related Articles

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

Stay Connected

0FansLike
3,912FollowersFollow
21,400SubscribersSubscribe
- Advertisement -spot_img

Latest Articles