29.1 C
Kathmandu
Tuesday, May 30, 2023
spot_img

विद्यापीठ पुनःनिर्माण गरिने

भक्तपुर तलेजुको कर्माचार्य समुदायको पुजारीहरुको विद्यापीठ पुनःनिर्माण गरिने भएको छ ।

भक्तपुर नगरपालिका–५ सुकुलढोकास्थित तलेजुमा पूजा गर्न तान्त्रिक विधिअनुसार कर्माचार्य समुदायलाई दीक्षित गराउने विद्यापीठ विसं २०७२ सालको भूकम्पले क्षति भएकाले पुनःनिर्माण गर्न पुरातत्व विभागले बजेट बिनियोजन गरेको हो । पुरानै संरचनाअनुसार प्यागोडाशैलीमा निर्माण गरिने तीनतले विद्यापीठ विभागले रु एक करोड ५० लाख बजेट विनियोजन गरेको स्मारक संरक्षण तथा दरबार हेरचाह कार्यालयले जनाएको छ ।

दीक्षित पुजारीहरुले मात्रै प्रवेश गर्न मिल्ने विद्यापीठको पुनःनिर्माण कार्य सुरु गर्नुअघि तान्त्रिक विधिअनुसार क्षमा पूजा सम्पन्न भइसकेको छ । विद्यापीठको बाहिरी आकर्षक भित्तेचित्रमा असर नपर्ने गरी जमिन तलाको भाग नभत्काई क्षति भएका संरचनाको आवश्यकताअनुसार पुनःनिर्माण गरिने कार्यालयका प्रमुख अरुणा नकर्मीले जानकारी दिनुभयो ।

Related Articles

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

Stay Connected

0FansLike
3,790FollowersFollow
20,800SubscribersSubscribe
- Advertisement -spot_img

Latest Articles