18.1 C
Kathmandu
Thursday, April 18, 2024
spot_img

‘हाम्रो सम्बन्ध’ म्युजिक भिडियो सार्वजनिक

दक्षिण कोरियामा रहेका युवा गायक नवीन विश्वकर्माको सुमधुर स्वरमा समावेश ‘हाम्रो सम्बन्ध’ बोलको म्युजिक भिडियो सार्वजनिक गरिएको छ ।

प्रेमिल शैलीको यस गीतमा स्वयम् गायक विश्वकर्माको शब्द र सङ्गीत रहेको छ । गीतमा इजोक थापा मगरले सङ्गीत संयोजन गर्नुभएको छ । दक्षिण कोरियाका विभिन्न रमणीय स्थानमा छायाङ्कन गरिएको यस भिडियोमा विप्लप आले मगर र सजिना गुरुङको अभिनय हेर्न सकिन्छ ।

म्युजिक भिडियोमा ‘त्यो पारि क्षितिजमा ‘हेर हामीलाई साथमा ‘तिमी आयांै जीवनको रङ्ग भरिदेआँ ‘तिम्रो साथमा ’लगायत बोलका गीत समावेश गरिएका छन् । इकाम शटको सम्पादन र छायाङ्कन रहेको यस भिडियोलाई इजोक थापा मगरको निर्देशनमा तयार पारिएको हो । यसअघि गायक विश्वकर्माको स्वरमा ‘यादमा’, ‘आभाष’ बोलका गीत सार्वजनिक भइसकेका छन् ।

Related Articles

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

Stay Connected

0FansLike
3,912FollowersFollow
21,600SubscribersSubscribe
- Advertisement -spot_img

Latest Articles