17.1 C
Kathmandu
Friday, March 22, 2024
spot_img

अवरुद्व डुम्रे–आँबुखैरेनी सडकखण्ड पाँच घण्टापछि खुल्यो

पृथ्वी राजमार्गअन्तर्गत तनहुँको डुम्रे–आँबुखैरेनी सडकखण्ड अवरुद्व भएको पाँच घण्टापछि सञ्चालनमा आएको छ । आज बिहान करिब ३ः०० बजेदेखि अवरुद्व भएको थियो ।

जिल्लाको बन्दीपुर गाउँपालिका–५ याम्पा नजिक माथिबाट पहिरो खस्दा राजमार्ग अवरुद्व भएको हो । सोमबार रातिदेखि परेको अविरल वर्षाका कारण पहिरो खस्दा कयौँ सवारीसाधान राजमार्गमा रोकिन पुगेको तनहुँका प्रहरी नायब उपरीक्षक युवराज खड्काले जानकारी दिनुभयो । लामो समय सवारीसाधन रोकिँदा यात्रुले सास्ती भोग्नुपरेको थियो ।

डोजरको सहायताले पहिरो पन्छाएपछि अहिले दुवैतर्फी सवारीसाधन निर्वाधरूपमा सञ्चालन भएको उहाँले बताउनुभयो । पृथ्वी राजमार्गअन्तर्गत तनहुँको अन्य सडक खण्डमा भने कुनै अवरोध नभएको उहाँले जानकारी दिनुभयो ।

Related Articles

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

Stay Connected

0FansLike
3,912FollowersFollow
21,600SubscribersSubscribe
- Advertisement -spot_img

Latest Articles