23.1 C
Kathmandu
Friday, March 29, 2024
spot_img

वाग्मती प्रदेशसभा : विभूषणसम्बन्धी विधेयक प्रमाणीकरण

वाग्मती प्रदेशसभाका प्रमुख यादवचन्द्र शर्माले नेपालको संविधानको धारा २०१ को उपधारा २ बमोजिम प्रदेशसभाबाट सोमबार पारित भई आएको प्रदेश विभूषणसम्बन्धि ऐन, २०७९ लाई आज यहाँ प्रमाणीकरण गुर्नभएको छ ।

शर्माले प्रदेशमा विभूषण सिफारिस तथा सम्मान र पदकसम्बन्धी ऐन, २०७६ लाई संशोधन गर्न बनेको विधेयक, २०७९ लाई प्रमाणिकरण रहेको प्रदेश प्रमुखको सचिवालयले जनाएको छ ।
–––४० लाखको लागतमा बैष्णवी उद्यान
पर्साको वीरगञ्ज महानगरपालिका–३० लालपर्सामा रु ४० लाखको लागतमा बैष्णवी उद्यान निर्माण गरिएको छ । आर्थिक वर्ष २०७८÷७९ मा मधेश प्रदेशसभा सदस्य जन्नत अन्सारीको संसदीय विकास कोषबाट सो उद्यान निर्माण गरिएको हो ।

उद्यानमा विभिन्न पूर्वाधार निमार्ण गरिएका छन् । वीरगञ्ज–३० लालपर्सालाई बैष्णवी उद्यानमार्फत आकर्षक र मनमोहक बनाइएको वडाध्यक्ष मनोज यादवले बताउनुभयो । उहाँका अनुसार गाउँको पूर्वपट्टिको खोलामा पुल निमार्णका लागि सङ्घीय सरकारले चालु आर्थिक वर्ष २०८९÷८० मा रु तीन करोड विनियोजन गरेको छ ।

तेली कल्याण समाजको महाधिवेशन असोज पहिलो साता

तेली कल्याण समाज नेपालको तेस्रो केन्द्रीय महाधिवेशन आगामी असोज ५ र ६ गते पर्साको वीरगञ्जमा हुने भएको छ । समाजका जिल्ला अध्यक्ष ध्रव साहका अनुसार महाधिवेशन तयारीका लागि केन्द्रिय उपाध्यक्ष विश्वनाथ साहको संयोजकत्वमा ११ सदस्यीय आर्थिक समिति गठन गरिएको छ ।

महाधिवेशन सफल बनाउन समाजका केन्द्रीय अध्यक्ष शैलेन्द्र साहको संयोजकत्वमा १५१ सदस्यीय महाधिवेशन मूल समितिसमेत गठन गरिएको छ ।

Related Articles

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

Stay Connected

0FansLike
3,912FollowersFollow
21,600SubscribersSubscribe
- Advertisement -spot_img

Latest Articles