22.1 C
Kathmandu
Monday, April 15, 2024
spot_img

चेम्बर- भन्सारमा सन्दर्भ मूल्य खारेज गरी,कारोबार मूल्यलाई मान्यता दिनुपर्छ,

काठमाडौँ , नेपाल चेम्बर अफ कमर्सले भन्सार महसुल प्रयोजनका लागि सन्दर्भ मूल्य खारेज गरी कारोबार मूल्यलाई मान्यता दिन सरकारलाई सुझाएको छ ।

चेम्बरका अध्यक्ष राजेन्द्र मल्लले भने- विश्व ब्यापार संगठनबाट निर्धारित मूल्यांकन पद्धतिमा रहेर भन्सार प्रयोजनका लागि सन्दर्भ मूल्यलाई खारेज गरी कारोबार मूल्यलाई मान्यता दिनुपर्दछ। काठमाडौंको जमलस्थित चेम्बर भवनमा आयोजित कार्यक्रममा अध्यक्ष मल्लले राजश्व घटिरहेको सन्दर्भमा कर प्रशासनलाई चुस्त बनाउनुपर्नेमा जोड दिए ।

नेपाली उत्पादनको गुणस्तर परीक्षणका लागि भन्सार नाकामा अन्तर्राष्ट्रियस्तरको क्वारेन्टाइन ल्याबको उचित व्यवस्थापन गरेर आयात निर्यातलाई प्रभावकारी बनाउन उनले सरकारलाई सुझाव दिए । भन्सार कार्यालयको कारणले हुने ढिलाइमध्ये डेमरेज, डिटेन्सन तिर्नुपर्ने अवस्था पनि रहेकाले ती विषय निराकरण हुनुपर्ने चेम्बरले जनाएकाे छ । सीमामा हुने अवैध व्यापारलाई निरुत्साहित गरी कर राजश्वको दायरामा ल्याउनुपर्ने मल्लले सुझाव दिए ।

सोको लागि बिल लिने /दिने व्यवस्थालाई अनिवार्य रुपमा कार्यान्वयन गर्नुपर्छ, उनले भने – करको दर वृद्धि गरिनु भन्दा दायरा बढाइनुपर्छ । यसका लागि नागरिकता वितरण गर्दा पान कार्डसँगै दिनुपर्छ । भन्सार कार्यालयहरुमा प्रज्ञापन पत्र दर्ता देखि सामान जाँचपास हुने अवस्थासम्म सबै प्रक्रियाहरु कम समयमा छिटो र झन्झट रहित सम्पन्न गर्न एकद्धारा प्रणाली लागू गरिनुपर्ने उनकाे माग छ ।

सरकारले दिने निर्यात अनुदानलाई लक्षित वर्गमा पुर्‍याउनुपर्नेमा चेम्बरले जोड दिएको छ । कर राजस्वका सम्बन्धमा स्थानीय तहले आफूखुसी कर निर्धारण गर्दा उद्योग व्यवसाय चलाउन समस्या भएको व्यवसायीकाे गुनासाे छ ।

सीमा नाकाहरुमा हुने चोरी निकासीले राजस्व संकलनको लक्ष्यमा गम्भीर असर परेको व्यवसायीहरुले बताए ।

Related Articles

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

Stay Connected

0FansLike
3,912FollowersFollow
21,600SubscribersSubscribe
- Advertisement -spot_img

Latest Articles