23.2 C
Kathmandu
Tuesday, September 19, 2023
spot_img

५ करोड भन्दा बढी रकम असुलि

साउन ९, रौतहट

नेपाल बिधुत प्राधिकरण गौर वितरण केन्द्रले अषाढ महिना सम्म बक्यौता रहेको ग्राहकहरुबाट ५ करोड भन्दा बढी रकम असुल गरेका छन।

नेपाल बिधुत प्राधिकरण गौर शाखाले लामो समय देखी महशुल भुक्तानी बाकी राखेका १ हजार ६ सय ६५ ग्राहकबाट ५ करोड ९० लाख २५ हजार ४ सय ७० रुपैया असुल गरेको रौतहट गौर शाखाका प्रमुख ईन्जीनियर विजय महतोले बताएका छ्न। लामो समय देखी महसुल बाकी राखेका मध्ये १ हजार ५ सय १५ जनाले पुनः लाईन जोडन लगाउदा सो रकम असुल भएको वहाले बताउनु भएका छ्न।

यसै गरी अषाढ मसान्त सम्ममा विद्युत चोरी गर्ने विभिन्न व्यक्ति तथा संस्थालाई कारवाही गर्दा गौर शाखाले ५८ लाख ५२ हजार २ सय ६६ रुपैंया समेत असुल गरेको छ । गौर शाखाले प्रहरीको सहयोगमा विद्युत चुहावट गर्ने २ सय ५२ जनालाई पक्राउ गरि कारवाही समेत गरेको छ ।
मिटर भए तापनि विद्युत चोर्ने १८३ जनालाई कारवाही गरेको वितरण केन्द्रले जनाएको छ । चुहावट गर्ने व्यक्तिहरुको साथबाट पानी तान्ने मोटर लगायतका विभिन्न विद्युतिय उपकरण तथा तारहरु समेत बरामद गरिएको छ ।

प्राधिकरणको गौर शाखाले मधेश प्रदेशमै बक्यौता रहेका ग्राहकहरुबाट सबै भन्दा बढी विद्युत महशुल उठाउन सफल भएको प्रमुख इन्जिनियर महतोले बताउनु भएका छन। प्राधिकरणले कालोसूचीमा परेका ग्राहकबाट १५ लाख ८७ हजार २ सय २४ रुपैया बक्यौता असुल गरेको छ । यस आर्थिक वर्षमा प्राधिकरणले थप ५ हजार ६ सय ६५ नयाँ ग्राहक जोडेका छन । विद्युत सुविधा चाहिएका नयाँ ग्राहकहरुको माँगअनुसार नयाँ मिटर वितरण गर्ने कार्य भइरहेकोले ग्राहकलाई कुनै किसिमको असुविधा नभएको वहाँले बताउनु भएका छन।
बिधुत प्राधिकरणले लाईन काटेर पुनः लाईन जोडदा वापतको सेवा शुल्क १२ लाख ७८ हजार ८ सय ८३ रुपैया उठाएको गौर शाखा प्रमुख प्रमुख इन्जिनियर महतोले बताउनु भएका छन।

Related Articles

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

Stay Connected

0FansLike
3,868FollowersFollow
21,200SubscribersSubscribe
- Advertisement -spot_img

Latest Articles