• २०८२ कार्तिक २६ गते मङ्गलवार
  • Preeti To Unicode

मलेसियाले १६ जना नेपालीलाई निष्कासन गरेको छ


काठमाडौँ  – मलेसियाले १६ जना नेपाली नागरिकलाई अवैध बसोबासको आरोपमा डिपोर्ट (निष्कासन) गरेको छ। यी नेपालीहरूले मलेसियाको अध्यागमन कानुन उल्लंघन गर्दै देशमा अनधिकृत रूपमा बसिरहेका थिए।

केही नेपालीहरूले कामको कम्पनी परिवर्तन गरेका थिए भने, केहीले भिसाको म्याद समाप्त भइसकेपछि पनि मलेसियामा बस्न जारी राखेका थिए।

मलेसियाली अधिकारीहरूले यो उल्लंघनको आधारमा उनीहरूलाई पक्राउ गरी नेपाल फर्काइदिएका छन्। मालिन्दो एयरलाइन्स र बाटिका एयरमार्फत ती नेपालीहरूलाई नेपाल पठाइएको थियो।

केही नेपालीहरू श्रम सम्झौताविपरीत अर्कै कम्पनीमा काम गरिरहेका थिए भने केहीले ओभर स्टे (भिसा अवधि सकिएपछि पनि बस्ने) गरेको पाइएका थिए।

मलेसियाको सरकार अवैध रूपमा काम गर्ने, भिसाको म्याद सकिएको, र आपराधिक गतिविधिमा संलग्न आप्रवासीलाई लक्षित गरिरहेको छ।

प्रकाशित मिति : २०८१ माघ १४ गते सोमवार