• २०८२ फाल्गुन १२ गते मङ्गलवार
  • Preeti To Unicode

एनसेल पाँचौँ टाइगर कप राष्ट्रिय र अन्तर्राष्ट्रिय क्लब महिला र पुरुष भलिबल प्रतियोगिता: एपीएफको जित


काठमाडौँ – एनसेल पाँचौँ टाइगर कप राष्ट्रिय र अन्तर्राष्ट्रिय क्लब महिला र पुरुष भलिबल प्रतियोगिता पोखरा रंगशालामा जारी छ। महिलातर्फ, सशस्त्र प्रहरी बल (एपीएफ)ले टिपटप न्यु डायमन्ड स्पोर्ट्स क्लबलाई ३-० को सोझो सेटमा पराजित गर्दै जित हासिल गर्‍यो। एपीएफले न्यु डायमन्डलाई २५-२२, २५-२३, २५-२१ को स्कोरमा हरायो।

यो जितसँगै एपीएफकी निरुता ठगुन्ना ‘टाइगर अफ द म्याच’ को उपाधि र न्यु डायमन्डकी सलिना बुढामगर ‘बेस्ट स्पाइकर’ को पुरस्कार जित्न सफल भए।

प्रतियोगिताको आयोजना टाइगर ग्रुप अफ पोखराले गरेको हो र यो प्रतियोगिता माघ १९ गतेसम्म चल्नेछ। अर्को खेल पराजित टोलीबाट थाइल्यान्डको ट्राभल इन्क्व्यारी युनाइटेड प्यासन भलिबल क्लब र नेपाल पुलिस क्लबबीच प्रतिस्पर्धा हुनेछ।

प्रकाशित मिति : २०८१ माघ १४ गते सोमवार