22.7 C
Kathmandu
Friday, March 24, 2023
spot_img

डोटीमा विकास निर्माणले गति लिँदैछ ः मुख्यमन्त्री भट्ट

सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री त्रिलोचन भट्टले पछिल्लो समय डोटीमा सडक विकास तथा विस्तारले गतिलिन थालेको बताउनुभएको छ ।

सिलगढी बग्लेक, झिग्राना सडक कालोपत्रको काम सम्पन्न भएपछि निरीक्षण तथा अनुगमनका लागि यहाँ आइपुग्नुभएका मुख्यमन्त्री भट्टले डोटीमा सडक विस्तारदेखि अन्य विकासले तीव्रता पाएको बताउनुभयो ।

उहाँले भन्नुभयो, “डोटीमा पछिल्लो समय विकासका कामले तीव्रता पाएको छ, हाम्रो डोटी राम्रो डोटी भन्ने सपना सकार हुँदैछ ।” अनुगमन तथा निरीक्षणकै क्रममा मुख्यमन्त्री भट्टले जिल्लामा भइरहेका सडक कालोपत्रदेखि अन्य विकास निर्माणका काम गुणस्तरयोग्य हुनुपर्ने

बताउनुभयो ।

तोकिएका समयमा निर्माण कार्यसक्ने निर्माण व्यवसायीलाई पुरस्कृत गर्ने प्रदेश सरकारको योजना रहेको जानकारी गराउँदै मुख्यमन्त्री भट्टले भन्नुभयो, “आफूले लिएको काम कमसल खालको बनाउने र तोकिएका समयमा सम्पन्न नगर्नेलाई कारवाही गछौँ, राम्रो काम गर्नेलाई पुरस्कृत गर्छौँ ।”

सुदूरपश्चिम प्रदेश सरकारको रु ३८ करोड लागतमा निर्माण भएको १५.६ किमी उक्त सडक निर्माण कालोपत्र सम्पन्न भएको छ ।

यहाँको प्रमुख पर्यटकीयस्थल खप्तड जोड्ने उक्त सडक कालोपत्र भएसँगै आर्थिक समृद्धिको बाटो खुलेको र यसले यहाँका पहाडी जिल्लाकै अर्थतन्त्रमा सहयोग पुग्ने अपेक्षा लिइएको छ ।

सडक कालोपत्र सम्पन्न भएसँगै यहाँको पूर्वीचौकी गाउँपालिकाका बग्लेक, झिग्राना, भार्तोली, वाडी, कुडासैन र सायल गाउँपालिकाका भल्मा, सपरा, बेटाराका नागरिकलाई सदरमुकाम सिलगढी आवतजावतमा सहज हुनाका साथै उनीहरुले उत्पादन गरेका वस्तुले बजार पाउने भएको स्थानीयवासी धनबहादुर विष्टले बताउनुभयो ।

Related Articles

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

Stay Connected

0FansLike
3,743FollowersFollow
20,700SubscribersSubscribe
- Advertisement -spot_img

Latest Articles