21.6 C
Kathmandu
Thursday, September 21, 2023
spot_img

धादिङमा कुटपिट गरी हत्या गरेको अभियोगमा एक जना प्रहरीको हिरासतमा

धादिङमा कुटपिट गरी हत्या गरेको अभियोगमा एक जनालाई प्रहेरीले पक्राउ गरेको छ।

धादिङको धुनिबेशी नगरपालिका-६ देवीस्थान घर भई सोही नगरपालिका-७ नौबिसेस्थित निर्वेश्वर महादेव मन्दिरमा बस्दै आएका ८० वर्षीय बलराम उप्रेतीको कुटपिट गरी हत्या गरेको अभियोगमा प्रहरीले पक्राउ गरेको हो।

पक्राउ पर्ने धुनबेशी नगरपालिका-६ देवीस्थान बस्ने ३७ वर्षीय पुरुषोत्तम बानिया रहेका छन्। उनलाई प्रहरीले आइतबार बिहान पक्राउ गरेको थियो।

यसअघि बानियाले फागुन १० गते कुटपिट गर्दा गम्भीर घाइते भएका उप्रेतीको आइतबार बिहान नेपाल भारत मैत्री अस्पताल काठमाडौंमा उपचारको क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ।

अहिले उक्त घटनाको विषयमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।

Related Articles

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

Stay Connected

0FansLike
3,869FollowersFollow
21,200SubscribersSubscribe
- Advertisement -spot_img

Latest Articles