काठमाडौँबाट जनकपुर आउँदै गरेको बसमा ७० वर्षीय भारतीय नागरिकको शव फेला पर्‍यो


काठमाडौँ – काठमाडौँबाट जनकपुर आउँदै गरेको एक यात्रीबसमा ७० वर्षीय भारतीय नागरिकको शव फेला परेको छ। मृतकको पहिचान मधुवनी जिल्लाको सिम्री टोल निवासी जगदीश यादवको रूपमा गरिएको छ।

सोमबार साँझ काठमाडौँबाट जटहीका लागि यात्रा सुरु गरेका यादवलाई लालगढमा बस रोक्दा अन्य यात्रुहरू शौचालय जान पुगेका थिए। त्यस बेलामा शव फेला परेको थियो।

मृत्युको कारण भने अहिले सम्म खुल्न सकेको छैन। शव परीक्षण पछि मात्र वास्तविक कारण थाहा हुने जनाइएको छ। घटनाबारे इलाका प्रहरी कार्यालय ढल्केबरले अनुसन्धान जारी राखेको छ र बसलाई नियन्त्रणमा लिएको छ।

प्रहरीले घटनाको सम्पूर्ण विवरण र मृतकको मृत्युको कारणबारे अनुसन्धान गरिरहेको जनाएको छ।

प्रकाशित मिति : २०८१ माघ १५ गते मङ्गलवार