काठमाडौं । वर्षायाम सकिएर खुलेसँग हिमाली जिल्ला सोलुखुम्बुको वरपरका मनमोहक दृष्यहरु अत्यन्त प्रष्टसँग देखिएको छ । जिल्ला सदरमुकाम सल्लेरीबाट आँखै अगाडी देखिने नुम्बुर हिमाल र वरपरका डाँडा तथा पहाडले अवलोकनकर्ताको मन लोभ्याउन लागेको छ । निलो आकाश, टलक्क चाँदी झै टल्किएको हिमाल र आसपासका मनै लोभ्याउने पहाड तथा अन्य दृष्यहरुले जोकोहीलाई मनमोहक बनाएको छ ।
मौसम खुलेपछि सल्लेरीमा केही न्यानो महसुस समेत गरिएको स्थानीय बताउँछन् । स्थानीयले भने– ‘अस्ति केहि दिन अघि अलिक चिसो थियो तर हिजो आज त मौसम खुलेर निक्कै तातो महसुस भईराछ, दिन उग्रिदा त वरपरको वातावरण पनि कति राम्रो देखिएको, हेरिरहौँ लाग्ने’ ।