• २०८१ मङ्सिर २२ गते शनिवार
  • Preeti To Unicode

८.३० अंकले घट्यो नेप्से, ८ अर्बको कारोबार


काठमाडौं । आज बिहीबार सेयर बजार सामान्य अंकले घटेर बन्द भएको छ । आज नेपाल स्टक एक्सचेञ्ज (नेप्से) ८.३० अकंले बढेर २७४८.०५ बिन्दुमा बन्द भएको हो । साताको चार कारोबार दिन आइतबार, सोमबार, मंगलबार र बुधबार नेप्से परिसूचकले निरन्तर उकालो यात्रा तय गरेको थियो। नेप्से परिसूचक आइतबार १३ सोमबार १५ ,मंगलबार ३३ र बुधबार ३८.८१ अंकले बढेर बन्द भएको थियो।

नेप्से घटेसँगै कारोबार रकम पनि बुधबारको तुलनामा घटेको छ। बुधबार ९ अर्ब माथिको सेयर कारोबार भएको थियो। आज ३०७ स्क्रिप्सको १ करोड ६६ लाख ६३ हजार ३५५ कित्ता सेयर ८ अर्ब ५४ करोड ५५ लाख २५ हजार ३७३ रुपैयाँमा खरिदबिक्री भए।

एकल अंकले घटेको सेयर बजारमा दुईवटा कम्पनीको मूल्य सकारात्मक सर्किट लेभलमा कारोबार भएको छ। बिशाल बजार कम्पनी र विन नेपाल लघुवित्त वित्तीय संस्थाको सेयर १० प्रतिशतले बढेको हो। यसैगरी सपोर्ट माइक्रोफाइनान्स वित्तीय संस्थाको सेयर ९.९८ प्रतिशतले बढ्दा पाँचथर पावरको ८.३३ प्रतिशत र लाइफ इन्स्योरेन्स कर्पोरेसनको ८।११ प्रतिशतले बढेको हो।

आज मानुषी लघुवित्त वित्तीयका लगानीकर्ताले भने सर्वाधिक गुमाए। सो कम्पनीको सेयर १० प्रतिशतले घट्यो। कारोबार रकमका आधारमा एक्सेल डेभलपमेन्ट बैंक शीर्षस्थानमा रह्यो। सो कम्पनीले ३१ करोड मूल्य बराबरको सेयर कारोबार गर्‍यो। नेपाल फाइनान्सको २९ करोडको सेयर कारोबार हुँदा मितेरी डेभलपमेन्ट बैंकक २७ करोड,जानकी फाइनान्सको २३ करोड र नगदी ग्रुपको २० करोड मूल्य बराबरको सेयर कारोबार भयो।

कारोबारमा आएकामध्ये ५० स्टक्सको मूल्य बढ्दा १९४ वटाको घट्यो । १३ वटा समूहको उपसूचक घट्दा ३ वटाको मात्रै बढ्यो। डेभलपमेन्ट बैंक,लाइफ इन्स्योरेन्स र ट्रेडिङ समूहका उपसूचक सकारात्मक देखिएका हुन्।

प्रकाशित मिति : २०८१ मङ्सिर १३ गते बिहिवार