14.1 C
Kathmandu
Sunday, March 24, 2024
spot_img

ट्रकमा आगलागी

सप्तरीको हनुमाननगर कङ्कालिनी नगरपालिका–१ भारदहस्थित कोसी ब्यारेज नजिक आज बिहान एउटा ट्रकमा आगलागी भएको छ । पूर्व–पश्चिम राजमार्गअन्तर्गत सप्तरीको कोसी ब्यारेजदेखि पश्चिमपट्टि पर्ने कङ्कालिनी मन्दिरको बीचमा ना६ख ५२६३ नंको ट्रकमा अचानक आगलागी भएको प्रहरी नायब उपरीक्षक माधवप्रसाद काफ्लेले बताउनुभयो ।

चकलेट खाली गरी पूर्वबाट पश्चिमतर्फ जाँदै गरेको उक्त ट्रक ब्याट्री सर्ट भई सो आगो लागेको प्रहरीको भनाइ छ । आगलागीबाट ट्रकको अगाडिको भागमा पूर्णरुपमा क्षति भएको छ भने अन्य भागमा समेत क्षति भएको स्थानीयवासीले जनाएको छ । ट्रकमा आगलागी भएपछि तत्काल इलाका प्रहरी कार्यालय कञ्चनपुरका प्रहरी र हनुमानगर कङ्कालिनी नगरपालिकाको बारुणयन्त्रले आगो निभाएका थिए ।

Related Articles

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

Stay Connected

0FansLike
3,912FollowersFollow
21,600SubscribersSubscribe
- Advertisement -spot_img

Latest Articles