28.2 C
Kathmandu
Friday, June 2, 2023
spot_img

लागूऔषध दुव्र्यसनीका घटनामा आएन कमी

कर्णाली प्रदेशको राजधानी सहर सुर्खेतमा लागूऔषध दुव्र्यसनीका घटनामा कमी आउन सकेको छैन । विगत ३ वर्षको तथ्याङ्कलाई केलाएर हेर्दा लागूऔषधका घटना बढ्दो अवस्थामा भएको पाइएको छ ।

जिल्ला प्रहरी कार्यालय सुर्खेतका सूचना अधिकारी एवं प्रहरी नायब उपरीक्षक सुरज कार्कीले आर्थिक वर्ष २०७६/७७ मा लागूऔषध दुव्र्यसनीका ५२ घटना दर्ता हुँदा ९० जना पक्राउ परेको र त्यसमा छजना महिला रहेको राससलाई जानकारी दिनुभयो । उहाँका अनुसार आव २०७७÷७८ मा लागूऔषधका ४९ घटना दर्ता हुँदा ७९ जना पक्राउ परे जसमा आठ महिला संलग्न भएको पाइयो ।

त्यसैगरी, चालु आव २०७८÷७९ को जेठ महिनासम्म लागूऔषध दुव्र्यसनीका ६४ घटना दर्ता भएका छन् । यसमा हालसम्म आठ महिलासहित हालसम्म ११३ जना पक्राउ परेको प्रहरी नायब उपरीक्षक कार्कीले
बताउनुभयो । “तीन वर्षमा सुर्खेतमा १६५ लागूऔषध दुव्र्यसनीका घटना घट्दा २८२ जना पक्राउ परेका छन्,” रासससँगको कुराकानीमा उहाँले भन्नुभयो, “तीमध्ये १६ देखि २५ वर्षमुनिका मात्र छन् ।” दुव्र्यसनीमा सात प्रतिशत महिला पनि संलग्न भएको उहाँको भनाइ थियो ।

उहाँका अनुसार लागूऔषध प्रयोगकर्ता तथा कारोबारीहरू चरेस, गाँजा, ब्राउनसुगर, कोकिन, नाइट्राभेट, कोरेक्सलगायत लागूऔषधसहित पक्राउ परेको पाइएको छ र ती घटनाहरू दिनप्रति दिन बढी रहेका छन् । प्रहरीसहित सबै सरोकारवालाको साझा प्रयास र प्रतिबद्धताको प्रभावकारी कार्यान्वयनबाट मात्र लागूऔषध दुव्र्यसनीका घटना न्यूनीकरण हुनसक्ने उहाँको भनाइ थियो ।

जिल्ला प्रहरी कार्यालय सुर्खेतका प्रहरी प्रमुख प्रहरी उपरीक्षक पदमबहादुर विष्टले चालु आर्थिक वर्षसहित गएका दुई वर्षको लागूऔषध तथ्याङ्कमा बढेको देखिए पनि आव २०७५÷७६ को तथ्याङ्कलाई हेर्दा लागूऔषध दुव्र्यसनी घटनामा कमी आएको बताउनुभयो । ती घटना बढ्दै जानुमा भारतीय खुला सीमा प्रमुख कारण भएको उहाँ जनाउनुभयो । “लागूऔषधले व्यक्ति, परिवार, समाज हुँदै सिङ्गो देशलाई नोक्सानी पु¥याएको छ,” प्रहरी उपरीक्षक विष्टले भन्नुभयो, “यसको रोकथाम, न्यूनीकरण तथा नियन्त्रणमा प्रहरीको एकल प्रयासले केही हुन सक्दैन । सरोकारवालाको साथ सहयोग अपरिहार्य छ ।” विद्यालय, विश्वविद्यालय तथा अन्य सार्वजनिक स्थानमा लागूऔषध विरुद्धका सचेतनाका कार्यक्रममा राजनीति दलहरू सहभागी हुने तर कोही व्यक्ति पक्राउ पर्दा छाडिदिन प¥यो भन्ने जस्तो राजनीतिक दलहरूका नेताको दोहोरो भूमिकाले यसको रोकथाम तथा नियन्त्रणमा प्रभाव परेको उहाँको भनाइ थियो ।

प्रहरी उपरीक्षक विष्टले विशेषगरी बाँके र बर्दियाले लागूऔषधका कारोबारी तथा आयातकर्तालाई पूर्णरुपले प्रतिबन्ध लगाउन सके सुर्खेतलगायत कर्णाली प्रदेशमा यसको कमी आउने दाबी गर्नुभयो । समुदायका प्रहरी साझेदार कार्यक्रमअन्तर्गत सचेतनामूलक निर्र्बाध अघि बढेको जनाउँदै उहाँले वडादेखिको स्थानीय तह, प्रदेश सरकार, गैरसरकारी निकाय, नागरिक समाज, पत्रकारको सक्रिय भूमिकाबाट मात्र यसको नियन्त्रण तथा न्यूनीकरण सम्भव रहेको बताउनुभयो ।

Related Articles

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

Stay Connected

0FansLike
3,794FollowersFollow
20,800SubscribersSubscribe
- Advertisement -spot_img

Latest Articles