22.1 C
Kathmandu
Monday, September 25, 2023
spot_img

राहदानी र नागरिकता बनाउनेका सङ्ख्याम बृद्धि

बैतडीमा नेपाली नागरिकताको प्रमाणपत्र र राहदानी बनाउनेको सङ्ख्या बढेको पाइएको छ । जिल्ला प्रशासन कार्यालयको दुई वर्षको तथ्याङ्कले कुराको पुष्टि गरेको हो ।

गत आर्थिक वर्ष २०७८÷७९ मा आठ हजार ५१४ जनाले नागरिकता बनाएका छन् । सो कार्यालयका सूचना अधिकारी खगेन्द्र भारतीका अनुसार एक वर्षको अवधिमा चार हजार २५७ पुरुष र चार हजार २५७ महिलाले नागरिकताको प्रमाणपत्र लिएका हुन् । यस्तै २० जनाले वैवाहिक अङ्गीकृत नागरिकता बनाएका छन् ।

यस्तै चार जनाले नेपाली नागरिकताको प्रमाणपत्र परित्याग गरेका छन् । चार जनाले नेपाली नागरिकताको प्रमाणपत्र परित्याग गरेका उहाँले बताउनुभयो । यसका साथै गत वर्ष पाँच हजार १७९ जनाले नागरिकताको प्रतिलिपि बनाएका छन् । यस्तै आर्थिक वर्ष २०७७÷७८ मा पाँच हजार ५६४ जनाले नेपाली नागरिकताको प्रमाणपत्र लिएका थिए भने छ जनाले नागरिकताको प्रमाणपत्र परित्याग गरेका थिए ।

यसैबीच गत वर्ष प्रशासनबाट ६२२ जनालाई राहदानी वितरण गरिएको छ । यसका साथै द्रुत सेवाका लागि ८०६ जनाले राहदानीको सिफारिस गरिएको जनाएको छ । आर्थिक वर्ष २०७७÷७८ मा यहाँका ३९२ लाई राहदानी वितरण गरिएकामा ४३१ जनालाई द्रुत सेवाका लागि सिफारिस गरिएको थियो ।

Related Articles

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

Stay Connected

0FansLike
3,871FollowersFollow
21,200SubscribersSubscribe
- Advertisement -spot_img

Latest Articles