19.1 C
Kathmandu
Tuesday, March 26, 2024
spot_img

बुढ्यौलीमा एसइई उत्तीर्ण

म्याग्दीका पौढ महिलाहरूले बुढ्यौलीमा माध्यमिक शिक्षा परीक्षा (एसइई) उत्तीर्ण गरेर पढाइलाई उमेरले नछेक्ने भनाइलाई चरितार्थ गर्नुभएको छ । विसं २०७८ को एसइईउत्तीर्ण गरेका बेनीको उज्यालो वैकल्पिक विद्यालयमा अध्ययन गरेका तीन जना प्रौढहरूले इच्छाशक्ति भएमा शिक्षा हासिल गर्न उमेर बाधक नहुने सन्देश दिनुभएको हो ।

बैसठ्ठी वर्षीया रेणुदवी मल्लले १.८६, ५१ वर्षीया योगमाया गौतमले १.५५ र ४३ वर्षीया दिलशोभा पुनले २.१० जिपिए ल्याएर यसपालिको एसइई उत्तीर्ण हुनुभएको विद्यालय सञ्चालक समितिका अध्यक्ष राजेश शाक्यले जानकारी दिनुभयो ।

जलजला गाउँपालिका–३ वारीबेनीका मल्लले कक्षा ५ पढ्दा आमाको निधन भएपछि विद्यालय छाड्नुभएको थियो । “आमाको निधन भएपछि भाइबहिनी साना भएकाले पढ्न पाएको थिइनँ”, उहाँले भन्नुभयो, “सामाजिक सङ्घसंस्थामा काम गर्दा पढाइको आवश्यकता महसुस गरेर उज्यालो विद्यालयमा पढेर एसइईमा सहभागी भएको थिए । सफल भएँ खुसी लागेको छ ।”

वारीबेनीको आमा समूह र विभिन्न उपभोक्ता समितिमा रहेर काम गर्नुभएकी मल्लले साथी भएमा माथिल्लो कक्षाको अध्ययनलाई निरन्तरता दिने बताउनुभयो । उज्यालो वैकल्पिक विद्यालयबाट दोस्रो समूहमा पाँच जनाले फारम भरेकामा तीन जना सहभागी भएका थिए ।

विभिन्न कारणले बीचैमा पढाइ छाडेका औपचारिक शिक्षाबाट बञ्चित प्रौढहरूलाई १० कक्षासम्मको शिक्षाको अवसर दिलाउन विसं २०७३ देखि वैकल्पिक विद्यालय सञ्चालन भएको थियो । गत वर्ष सो विद्यालयबाट नौ जना प्रौढ महिलाले एसइई उत्तीर्ण भएका थिए ।

विद्यालयमा अध्ययनरत आमाहरूले अङ्क अक्षर चिन्न, लेख्न पढ्न नसक्दा मोबाइल चलाउन, कतै जाँदा ठाउँ चिन्न र भेला बैठकमा सहभागी हुँदा हस्ताक्षर गर्न ल्याप्चे लगाउनुपर्ने समस्याबाट मुक्ति मिलेको बताएका छन् । हाल ४० जना अध्ययनरत विद्यालयमा सात जना सहजकर्ता छन् । मासिक रु ७५ हजार खर्च हुने विद्यालय सञ्चालनका लागि बेनी नगरपालिकाले सघाएको छ । नगरपालिकाको सहयोगका अतिरिक्त दाताले पनि सहयोग गर्दै आएका छन् ।

गत वैशाख ९ देखि २० गतेसम्म सञ्चालन भएको एसइईमा जिल्लाबाट दुई हजार २४५ सहभागी भएका थिए । बेनी –९ गलेश्वरको जडभरत शालग्राम गण्डकी संस्कृत माविबाट नौ जनाले जिल्लामै पहिलोपटक संस्कृति विषयबाट एसइईमा सहभागिता जनाएका थिए । उनीहरूले २.२५ देखि ३.० जिपिए ल्याएका छन् ।

सार्वजनिक नतिजाअनुसार बेनीको लिटिल गार्डेन एकेडेमीका बब्लु शाह र उत्सव सापकोटाले ३.९५ जिपिए ल्याएका प्रिन्सिपल दीपक सुवेदीले बताउनुभयो । बेनीको प्रकाश माविका प्रेम श्रेष्ठले ३.९०, प्रविन सुवेदी र प्रकृति सुवेदीले ३.८५ जिपिए ल्याएर सामुदायिक विद्यालयतर्फ जिल्ला प्रथम र द्विृतीय भएका निमित्त प्रधानाध्यापक लेखबहादुर हमालले दाबी गर्नुभएको छ ।

Related Articles

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

Stay Connected

0FansLike
3,912FollowersFollow
21,600SubscribersSubscribe
- Advertisement -spot_img

Latest Articles