28.2 C
Kathmandu
Tuesday, September 26, 2023
spot_img

राष्ट्रियसभामा चार प्रतिवेदन पेश

राष्ट्रियसभाको आजको दोस्रो बैठकमा सम्बन्धित समितिबाट विभिन्न चार प्रतिवेदन पेश भएका छन् ।

बैठकमा राष्ट्रिय सरोकार तथा समन्वय समितिको प्रतिवेदनसँगै प्रतिनिधिसभाबाट सन्देशसहित प्राप्त ‘खानेपानी तथा सरसफाइ विधेयक, २०७६’ सम्बन्धी विधायन व्यवस्थापन समितिको प्रतिवेदन, ‘सामाजिक व्यवहार सुधार ऐन, २०३३ को उत्तर विधायिकी परीक्षण अध्ययन प्रतिवेदन, २०७७’ र सङ्क्रामक रोग ऐन, २०२० को उत्तर विधायिकी परीक्षण अध्ययन प्रतिवेदन, २०७८’ पेश गरिएको हो ।

राष्ट्रिय सरोकार समितिका सभापति दिलकुमारी रावलले राष्ट्रिय सरोकार तथा समन्वय समितिको चौथौ वार्षिक प्रतिवेदन सभासमक्ष पेश गर्नुभएको छ ।

बैठकमा विधायन व्यवस्थापन समितिका ज्येष्ठ सदस्य नारायणदत्त मिश्रले प्रतिनिधिसभाबाट सन्देशसहित प्राप्त खानेपानी तथा सरसफाइ विधेयक २०७६, सम्बन्धी विधायन व्यवस्थापन समितिको प्रतिवेदन, सामाजिक व्यवहार सुधार ऐन, २०३३ को उत्तर विधायिकी परीक्षण अध्ययन प्रतिवेदन, २०७७ र सङ्क्रामक रोग ऐन, २०२० को उत्तर विधायिकी परीक्षण अध्ययन प्रतिवेदन २०७८ समासमपक्ष पेश गर्नुभएको थियो ।

Related Articles

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

Stay Connected

0FansLike
3,871FollowersFollow
21,200SubscribersSubscribe
- Advertisement -spot_img

Latest Articles