21.6 C
Kathmandu
Wednesday, September 27, 2023
spot_img

प्रधानमन्त्रि दहाललाई थप ८ मन्त्रालयको भार

प्रधानमन्त्रि पुष्पकमल दहाल ‘प्रचण्ड’ लाई थप ८ मन्त्रालयको कार्यभार सम्हाल्न तोकिएको छ। एमालेका मन्त्रीहरुले राजिनामा दिएपछि राष्ट्रपति विद्यादेवी भण्डारीले उनलाई उक्त कार्यभार सम्हाल्न तोकेकी हुन्।

राष्ट्रपति कार्यालयका प्रवक्ता सागर आचार्यका अनुसार मौजुदा मन्त्रिपरिषद्मा सहभागी रहेका मन्त्रीले सोमबार राजीनामा दिएपछि खाली रहेका मन्त्रालयको कार्यभार प्रधानमन्त्रीले नै सम्हाल्ने गरी तोक्नुभएको हो । नेकपा (एमाले) का तर्फबाट सरकारमा सहभागी मन्त्रीले राजीनामा दिएपछि आठ मन्त्रालय खाली छ ।

उपप्रधानमन्त्री एवम् अर्थमन्त्री विष्णुप्रसाद पौडेल, कृषि तथा पशुपक्षी विकासमन्त्री ज्वालाकुमारी साह, उद्योग वाणिज्य तथा आपूर्तिमन्त्री दामोदर भण्डारी, भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारणमन्त्री राजेन्द्रकुमार राई, परराष्ट्रमन्त्री डा विमला राई पौड्याल, स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री पदम गिरी महिला बालबालिका तथा ज्येष्ठ नागरिकमन्त्री भगवती चौधरी र रक्षामन्त्री हरिप्रसाद उप्रेतीले राजीनामा दिनुभएको थियो । उहाँहरुले सम्हाल्नुभएको मन्त्रालय अब भने प्रधानमन्त्री दाहालले नै सम्हाल्नु हुने भएको छ ।

Related Articles

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

Stay Connected

0FansLike
3,873FollowersFollow
21,200SubscribersSubscribe
- Advertisement -spot_img

Latest Articles