19.1 C
Kathmandu
Friday, March 29, 2024
spot_img

सांघाईबाट बेइजिङ उडान- चीनमै बनेको जेटले गर्‍यो,

काठमाडौं, आफ्नै देशमा निर्माण गरिएको यात्रुवाहक जेट विमानले पहिलो पटक चिनिया आकाशमा उडान भरेको छ ।

उक्त जेटले आइतबार पहिलो पटक ब्यवसायिक उडान गरेको चिनिया सञ्चारमाध्यमले जनाएका छन् । स्टेट टेलिभिजनले सी ९१९ जेट सांघाईको आकाशमा उडिरहेको दृश्य प्रशारण गरेको थियो । उक्त जेटले सांघाईबाट राजधानी बेइजिङतर्फ उडान भरेको थियो । यो जेट चीनको कमर्सियल एभिएसन कर्पोरेसनले निर्माण गरेको हो ।

हाल विश्वभर विमान निर्माता कम्पनी एयरबस र बोइङको एकाधिकार रहँदै आएको छ । चीनीया जेट १ सय ६४ सिट क्षमताको रहेको बताइएको छ । जेट विमानका लागि अत्यावश्यक इन्जिनलगायतका केही महत्वपूर्ण प्रविधिमा भने अझै पनि चीनले पश्चिमा राष्ट्रहरुकै भर पर्नुपर्ने अवस्था छ । चीनको पहिलो ब्यवसायीक उडानमा १ सय ३० जना यात्रु रहेको बताइएको छ ।

सांघाईदेखि राजधानी बेइजिङसम्मको दूरी पूरा गर्न उक्त जेटलाई ३ घन्टा समय लागेको थियो । राज्यको स्वामित्वमा रहेको चाइना इष्टर्न एयरलाइन्सले ५ वटा विमान खरिद गर्ने भएको छ । चीनको कमर्सियल एभिएसन कर्पोरेसनले आगामी ५ वर्षको अवधिमा प्रत्येक वर्ष १ सय ५० वटा विमान निर्माण गर्ने लक्ष्य लिएको छ ।

१ हजार २ सयभन्दा बढी सी ९१९ विमानको माग भइसकेको कर्पोरेसनले जनाएको छ ।

Related Articles

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

Stay Connected

0FansLike
3,912FollowersFollow
21,600SubscribersSubscribe
- Advertisement -spot_img

Latest Articles