काठमाडौं । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजको तरकारी र फलफूलको भाउ तोकेको छ । मंगलबार रातो आलुको औसत मूल्य प्रतिकेजी ८२.६७ रुपैयाँ रहेको छ ।
प्याज सुकेको १०३.३३ रुपैयाँ, लोकल गाजर ११५ रुपैयाँ, सेतो मूला हाइब्रीड ३२.६७ रुपैयाँ प्रति केजी रहेको छ । स्थानीय काउली १२० रुपैयाँ, बन्दा लोकल ४५ रुपैयाँ, लौका ५० रुपैयाँ, भिण्डी ७५ रुपैयाँ र ठूलो नेपाली गोलभेँडा भारतीय १०५ रुपैयाँ प्रति केजी तोकिएको छ ।