• २०८२ चैत्र ६ गते शुक्रवार
  • Preeti To Unicode

दक्षिण कोरियामा जेजु एयरको विमान दुर्घटना, ६४ जनाको मृत्यु


काठमाडौँ- दक्षिण कोरियाको मुआन काउन्टीस्थित मुआन अन्तर्राष्ट्रिय विमानस्थलमा आज बिहान भएको विमान दुर्घटनामा ६४ जनाको मृत्यु भएको छ। दुर्घटनामा दुई जनालाई जीवितै उद्धार गरिएको छ।

थाइल्याण्डको बैंककबाट आएको जेजु एयरको उक्त विमान अवतरणको क्रममा धावनमार्गमा चिप्लिएर बारमा ठोक्किएको थियो। ठक्करपछि विमानमा आगो लाग्दा ठूलो क्षति भएको छ।

विमानमा चालक दलका ६ सदस्यसहित १८१ जना सवार थिए। तीमध्ये दुई जना थाइल्याण्डका नागरिक थिए भने अरू सबै दक्षिण कोरियाली नागरिक थिए।

दुर्घटनास्थल दक्षिण कोरियाको राजधानी सियोलबाट २८८ किलोमिटर दक्षिण पश्चिममा पर्दछ। दुर्घटनाको कारणबारे थप अनुसन्धान भइरहेको छ। यो जानकारी दक्षिण कोरियाको समाचार एजेन्सी योनहापले दिएको हो।

प्रकाशित मिति : २०८१ पुष १४ गते आइतवार