• २०८२ फाल्गुन १ गते शुक्रवार
  • Preeti To Unicode

जनतालाई अधिकार सम्पन्न बनाउन संविधान संशोधन गर्न लागिएको हो : उपप्रधानमन्त्री सिंह


काठमाडौँ- उपप्रधानमन्त्री र शहरी विकास मन्त्री प्रकाशमान सिंहले विकास निर्माणमा प्रकृतिमैत्री प्रविधिहरू अपनाउनुपर्ने कुरा भनेका छन्। उनले जलवायु परिवर्तनको असरलाई ध्यानमा राखेर वातावरणलाई संरक्षण गर्दै विकास गर्नुपर्नेमा जोड दिएका छन्।

सोलुखुम्बु जिल्लाको सोलु दुधकुण्ड नगरपालिकाको प्रशासनिक भवनको शिलान्यास गर्दै उनले यहाँको विकासमा महत्त्वपूर्ण परिवर्तन आएको बताए।

सिंहले संविधान संशोधनको प्रक्रिया अघि बढेको र यसले तीन तहको सरकारलाई थप अधिकार दिने बताए। यससँगै उनले सरकारको कामलाई राजनीतिक स्थिरता र आर्थिक विकासका लागि महत्त्वपूर्ण भनेका छन्।

 

प्रकाशित मिति : २०८१ पुष १४ गते आइतवार