22.1 C
Kathmandu
Saturday, March 25, 2023
spot_img

मेयरका उम्मेद्वार स्थापित मीटूबारे प्रश्नले आक्रोशित, भने-तपाईंको फेस नाइस छ, तर थुतुनो ठीक छैन

२०७९बैसाख १६ गते विहिवार धुम्बाराहीस्थित नेसनल कलेजले आयोजना गरेको ‘स्थानीय चुनावः युवाको आशा र जिज्ञासा’ नामक  कार्यक्रममा भावना राउत नाम गरिकी विधार्थी ले  काठमाडौं महानगरपालिकाका लागि एमालेका मेयरका उम्मेदवार उठेका केशव स्थापितलाई लागेको ‘मी टु’ आरोपको बारेमा प्रश्न गरेकी थिईन। केशव उक्त प्रश्नमा स्थापितले आपत्तिजनक अभिव्यक्ति दिएका छन्।

जवाफ दिने क्रममा मेयर उम्मेदवार स्थापित अराजक रुपमा प्रस्तुत भएका थिए । उनी वसिरहेको कुर्सीबाट उठेर प्रश्नकर्तामाथि नै जंगिए। ‘मलाई आरोप लगाइयो । आरोप लगाउनेसँग प्रमाण हुनु पर्छ। यु आर नाइस लेडी तर तपाईको थुतुनो ठिक छैन’– उनले भने।

रिसले चुर भएका स्थापितले ‘केशव स्थापित रिसको भाडा हो । नरिसाउनु भन्न पाइन्छ’ भन्दै जवाफ दिए । स्थापितले आरोप लागाउने महिलालाई भ्रष्टाचार गरेकाले निकालिएको जवाफ दिए। त्यसपछि राउतले ‘तपाईंमाथि आरोप लागिसकेपछि कि त खण्डन गरेर निर्दोष रहेको प्रमाणित गर्नुपर्यो नभए मेयर जस्तो पदमा बस्ने नैतिकता तपाईंलाई हुन्छ?’ भनेर सोधेकी थिइन्।

Related Articles

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

Stay Connected

0FansLike
3,749FollowersFollow
20,700SubscribersSubscribe
- Advertisement -spot_img

Latest Articles