28.2 C
Kathmandu
Friday, June 2, 2023
spot_img

१० खेलाडीले बन्द प्रशिक्षण छाडेर गएपछि १४ जना थपेर फुटबल प्रशिक्षण जारी

१६ वैशाख, काठमाडौं । १० खेलाडीले बन्द प्रशिक्षण छाडेर गएपछि मुख्य प्रशिक्षक अब्दुल्लाह अल्मुताइरीले एसियन कप छनोटको तयारीमा रहेको नेपाली टिममा १४ जना नयाँ खेलाडी थपेर प्रशिक्षण सुरु गरेका छन् ।प्रशिक्षक अल्मुताइरीकै कारण आफूहरुले बन्द प्रशिक्षण छाड्न बाध्य भएको भन्दै १० खेलाडीले बिहीबार संयुक्त रुपमा पत्रकार सम्मेन गरेर आफ्नो धारणा राखेका थिए । त्यही समयमा प्रशिक्षक अल्मुताइरीले भने नयाँ खेलाडी थप गरेर बन्द प्रशिक्षण जारी राखेका छन् ।अल्मुताइरीले १४ नयाँ खेलाडी थप गरेका प्रशिक्षणलाई जारी राखेका छन् । उता १० खेलाडीले भने प्रशिक्षकले नै आफूहरुलाई छाड्ने बाध्य पारेको भन्दै अब फेरि उनै प्रशिक्षकमातहत खेल्न गाह्रो हुने अभिव्यक्ति दिइसकेका छन् ।अखिल नेपाल फुटबल संघ एन्फाले खेलाडीहरुले बन्द प्रशिक्षण छाडेको र नयाँ खेलाडीहरु समावेश भएको बारे अहिलेसम्म आधिकारिक केही सार्वजनिक गरिसकेको छैन ।

बाँकी २३ खेलाडी प्रशिक्षणमा थिए । त्यसमा १० जनाले छाडेपछि पुराना १३ खेलाडी बाँकी रहे । प्रशिक्षकले १४ नयाँ खेलाडी थप गरेपछि अहिले प्रशिक्षणमा २७ खेलाडी छन् । त्यसमध्ये कति खेलाडी बिहीबार प्रशिक्षणमा उपस्थित थिए भन्ने एकिन छैन । एन्फाले पनि खेलाडीको नाम सार्वजनिक गरेको छैन ।

Related Articles

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

Stay Connected

0FansLike
3,794FollowersFollow
20,800SubscribersSubscribe
- Advertisement -spot_img

Latest Articles