13.1 C
Kathmandu
Tuesday, November 28, 2023
spot_img

एमाले राष्ट्रियसभा संसदीय दलको नेतामा दाहाल मनोनित

नेकपा (एमाले)को राष्ट्रियसभाको संसदीय दलको नेतामा देवेन्द्र दाहाललाई मनोनित गरिएको छ ।

एमाले अध्यक्ष केपी शर्मा ओलीले एमाले सङ्घीय संसदीय दलको विधान, २०७७ बमोजिम दाहाललाई संसदीय दलको नेतामा मनोनित गर्नुभएको हो । राष्ट्रियसभामा यसअघि एमालेका संसदीय दलका नेता खिमलाल भट्टराई हुनुहुन्थ्यो ।

नेता भट्टराईले राष्ट्रियसभा सदस्यबाट राजीनामा दिएपछि संसदीय दलको नेता पद रिक्त थियो । मनोनित दाहाल यसअघि दलका प्रमुख सचेतक हुनुहुन्थ्यो ।

Related Articles

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

Stay Connected

0FansLike
3,912FollowersFollow
21,400SubscribersSubscribe
- Advertisement -spot_img

Latest Articles