20.1 C
Kathmandu
Friday, March 22, 2024
spot_img

इलाममै अब पाठेघरको मुखको क्यान्सरको उपचार

पाठेघरको मुखको क्यान्सरको उपचार अब इलाममै गर्न सकिने भएको छ । इलाममा क्रायोथेरापी मेसिन आइपुगेपछि उक्त उपचार यहीँ सम्भव भएको हो ।

इलाम नगरपालिका–७ का वडाध्यक्ष नरेश श्रेष्ठले नेपाल परिवार नियोजन सङ्घका जिल्ला सभापति सरोज वैद्यलाई एक सेट क्रायोथेरापी मेसिन हस्तान्तरण गर्नुभयो । वडामा स्वास्थ्यको क्षेत्रमा विनियोजन गरिएको बजेटबाट उक्त सामग्री खरिद गरिएको वडाध्यक्ष श्रेष्ठले जानकारी दिनुभयो ।

यसअघि इलाममा पाठेघरको मुखमा हुने क्यान्सरको परीक्षण मात्र हँुदै आएको थियो । उपचारका लागि इलाम बाहिर रेफर गर्नुपर्ने अवस्था थियो । पाठेघरको मुखको क्यान्सरको लक्षण देखिएकालाई सेक्ने प्रविधिमार्फत उपचार गरिने सङ्घका प्राविधिक लाक्पा लामाले जानकारी दिनुभयो । मेसिन प्राप्त गरेपछि नेपाल परिवार नियोजन सङ्घ इलाम शाखाले उपचार सुरु गरेको सङ्घका प्रमुख कमल सुवेदीले जानकारी दिनुभयो ।

सामग्री हस्तान्तरण गर्दै वडाध्यक्ष श्रेष्ठले मेसिन आएपछि इलामबाट उपचारका लागि अन्यत्र जानुपर्ने समस्या समाधान भएको बताउनुभयो । यसअघि उपचारका लागि जिल्ला बाहिर जाँदा यहाँका बिरामीले आर्थिक भार व्यहोर्दै आएका थिए ।

Related Articles

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

Stay Connected

0FansLike
3,912FollowersFollow
21,600SubscribersSubscribe
- Advertisement -spot_img

Latest Articles